दैनिक समाचारदाता
राजविराज, १० चैत ।
राजविराजमा शुक्रबारदेखी नेपाल शिक्षक संघ मधेश प्रदेशको दोश्रो प्रदेश अधिवेशन शुरु भएको छ ।
“शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई जीवनोपयोगी शिक्षा” नाराका साथ सुरु भएको अधिवेशनमा प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका शिक्षक संघका प्रतिनिधि सहभागीता रहेको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्र राज पौडेलले शिक्षकका पेशागत अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए ।
शिक्षकको पेशागत अधिकार सुनिश्चित भए शैक्षिक विकास र लोकतन्त्र प्रतिको आस्थामा समेत बृद्धि हुने भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताए ।
चुनावी अधिवेशन समेत भएकाले तीन दिनसम्म चल्ने अधिवेशनले अगामी ४ वर्षेका कार्यकालका लागि नयाँ नतृत्वको चयन गर्ने तथा घोषणा पत्र सार्वजनिक गर्ने संघका जिल्ला अध्यक्ष नारायण यादवले जानकारी दिए ।
संघको मधेश प्रदेशका अध्यक्ष मेघनाथ यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा संघका संघीय वरिष्ठ उपाध्यक्ष एमवी भुसाल, गगंगाप्रसाद यादव, महासचिव सोमनाथ गिरी, लक्ष्मी किशोर सुवेदी, उपमहासचिव परशुराम यादव, नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, सचिव प्रभुनारायण चौधरी लगायतले पनि शुभकामना दिदै शैक्षिक गुणस्तर सुधार्न विद्यालयहरुको भौतिक अवस्थामा सुधार तथा विद्यार्थीलाई शैक्षिक सत्र शुरु भए लगतै समयमै पाठयपुस्त उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल शिक्षक संघ मधेश प्रदेशको दोश्रो अधिवेशन शुरु
सारांश
- “शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई जीवनोपयोगी शिक्षा” नाराका साथ सुरु भएको अधिवेशनमा प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका शिक्षक संघका प्रतिनिधि सहभागीता रहेको छ ।
- अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्र राज पौडेलले शिक्षकका पेशागत अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए ।
- शिक्षकको पेशागत अधिकार सुनिश्चित भए शैक्षिक विकास र लोकतन्त्र प्रतिको आस्थामा समेत बृद्धि हुने भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया