दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
एक १२ वर्षिया बालिकाको दश वर्षअघि बलात्कार गरि फरार भएका ५३ वर्षिय व्यक्ति पक्राउ परेका छन् ।
सप्तरीको साविक कमलपुर गाविस हाल सप्तकोशी नगरपालिकाकी ती बालिकालाई बलात्कार गरि फरार रहेका स्थानिय ५३ वर्षिय जगदिश यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आरोपितले शौचालयका लागि निस्केका बेला २०६८ साल जेष्ठ २७ गते राती १२ वर्षिया बालिकाको बलात्कार गरेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले २०६८ साल चैत १ गते जबरजस्तीकरणी मुद्दामा सुनुवाई गर्दै उनलाई सप्तरी जिल्ला अदालतले ६ वर्ष कैद सजायको फैसला सुनाएको थियो । २०७१ साल बैशाख २९ गते तत्कालिन पुनरावेदन अदालत राजविराजले पनि सो फैसला कायम रहने ठहर गरेको थियो ।
घरमै लुकिछिपी बसिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटेको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराएपछि आदेसानुसार कैद भुक्तानका लागि राजविराज कागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दश वर्षअघि बालिका बलात्कार गरि फरार ५३ वर्षिय बलात्कारी पक्राउ
सारांश
- सप्तरीको साविक कमलपुर गाविस हाल सप्तकोशी नगरपालिकाकी ती बालिकालाई बलात्कार गरि फरार रहेका स्थानिय ५३ वर्षिय जगदिश यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- आरोपितले शौचालयका लागि निस्केका बेला २०६८ साल जेष्ठ २७ गते राती १२ वर्षिया बालिकाको बलात्कार गरेको प्रहरीको भनाई छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले २०६८ साल चैत १ गते जबरजस्तीकरणी मुद्दामा सुनुवाई गर्दै उनलाई सप्तरी जिल्ला अदालतले ६ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया