दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याइदै गरिएको ठूलो परिमाणको प्रतिबन्धित लागु औषध शनिबार सप्तरीको बलान बिहुल गाउँपालिकाबाट प्रहरीले बरामद गरेको छ ।
प्रहरी टोलीले दिउँसो १२ बजेतिर भारतीय सीमासँग जोडिएको बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनियाँ सडकखण्डमा चेकजाचको क्रममा यात्रु बोक्ने स.१ह. ३६८६ नम्बरको टेम्पोबाट उक्त लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिएका छन् ।
टेम्पोमा लोड गरिएको दुई वटा बोरा भित्र चामलसँगै प्लास्टिकको कालो झोलामा लुकाइराखिएको अवस्थामा प्रहरीले १ हजार १ सय ७५ थानका दरले फेनारगन, डाइजेपाम र ब्रुफेनरापिन एम्पुल र ट्याब्लेट गरि ३ हजार ५ सय २५ वटा प्रतिबन्धित लागु औषध बरामद गरेको उनले बताए ।
प्रतिबन्धित लागु औषध ओसारपोसार गर्ने टेम्पो चालक बलान बिहुल गाउँपालिका ३ निवासी ३० वर्षिय राजेन्द्र राम र उनकै बयानका आधारमा पक्राउ परेका बलान बिहुल गाउँपालिका २ का हरिहर कुमार यादवलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
उनले सुरक्षा जाच छल्न चामलको बोरामा प्याक गरेर उक्त लागु औषध लुकाएर तस्करहरुले नयाँ नयाँ शैली अपनाउन थालेको बताए । पक्राउ परेका राम र यादवलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारवाही प्रक्रिया अघि बढ्ने जानकारी दिदै उनले बरामद लागु औषध, टेम्पु र यादवले प्रयोग गरेका भारतीय नम्बरको मोटरसाइकललाई प्रहरीको नियन्त्रणमा रहेको जनाए ।
नेपालमा प्रतिबन्धित रहेका लागु औषध भारतीय बजारमा खुलेआम बिक्रि हुने भएकाले लागु औषध कारोबारी र यसका कुलतमा फसेकाहरु विभिन्न जुक्ति निकाल्दै लुकाई छिपाई नेपाल ल्याउने गरेको पाइएको प्रहरीको भनाई छ ।
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
सारांश
- प्रहरी टोलीले दिउँसो १२ बजेतिर भारतीय सीमासँग जोडिएको बलान बिहुल गाउँपालिका वडा नं.
- १ मल्हनियाँ सडकखण्डमा चेकजाचको क्रममा यात्रु बोक्ने स.
- १ह.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया