दिपावली गरी संविधान दिवस मनाउने निर्णय

राजविराज राजविराज
|
बिहिबार, आश्विन २, २०८२
|
|
२२ पटक हेरिएको
Shares
दिपावली गरी संविधान दिवस मनाउने निर्णय

सारांश

  •     जिल्ला समन्वय समितिको सभाकक्षमा विहिवार विभिन्न राजनीतिक दल, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको हो ।
  •       बैठकमा नेपाली काँग्रेसका उपसभापती रामकुमार यादव, नेकपा एमालेका सचिव देवनाथ यादव र नेकपा माओवादी केन्द्रका इन्र्चाज सूर्यनाथ यादव वाहेक अन्य कुनै पनि राजनीतिक दलका प्रतिनिधी सहभागी भएनन् ।
  •       जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साहको संयोजकत्वमा गठन भएको मुल आयोजक समितीको बैठकमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथेकि, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेत, सामुदायीक प्रहरी सेवा मञ्चका अध्यक्ष धिरेन्द्र कुमार दास, जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक कुल चन्द्र नेपाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जागेश्वर खडगाको पनि सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २ असोज । 

    संविधान जारी भएको दिन असोज ३ लाई विगत झै यस वर्ष पनि संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरिएको छ । 
    जिल्ला समन्वय समितिको सभाकक्षमा विहिवार विभिन्न राजनीतिक दल, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको हो । 
    बैठकमा नेपाली काँग्रेसका उपसभापती रामकुमार यादव, नेकपा एमालेका सचिव देवनाथ यादव र नेकपा माओवादी केन्द्रका इन्र्चाज सूर्यनाथ यादव वाहेक अन्य कुनै पनि राजनीतिक दलका प्रतिनिधी सहभागी भएनन् । 
    जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साहको संयोजकत्वमा गठन भएको मुल आयोजक समितीको बैठकमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथेकि, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेत, सामुदायीक प्रहरी सेवा मञ्चका अध्यक्ष धिरेन्द्र कुमार दास, जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक कुल चन्द्र नेपाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जागेश्वर खडगाको पनि सहभागिता रहेको थियो । 
    बैठकले २ असोजमा साँझ घर तथा कार्यालयहरुमा दीपावली, ३ असोजमा प्रभातफेरी र गजेन्द्र नारायण सिह अस्पतालका विरामीहरुलाई फलफुल वितरण तथा ४ असोजमा साँझ घर तथा कार्यालयहरुमा दिपावली लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ । 
    अहिले विशेष गरी राजनीतिक परिस्थितीलाई दृष्टीगत गरी थोरै कार्यक्रम तय गरिएको मूल आयोजक समितीका संयोजक साहले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
अन्तरबिद्यालय क्रिकेटका  फाइनमा म्याक्सेल र शिब्स भिड्दै
अन्तरबिद्यालय क्रिकेटका  फाइनमा म्याक्सेल र शिब्स भिड्दै
पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
करेन्ट लागेर बृद्धको मृत्यु
करेन्ट लागेर बृद्धको मृत्यु
साँस्कृतिक महासंघ सप्तरीमा नयाँ नेतृत्व
साँस्कृतिक महासंघ सप्तरीमा नयाँ नेतृत्व
बिदेशमा उपचार गराए सरकारले खर्च नदिने 
चिसोका कारण थप चार दिन विद्यालय बन्द 
चिसोका कारण थप चार दिन विद्यालय बन्द 
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग