सडक मै ढाट तेर्साएर चक्काजाम 

राजविराज राजविराज
|
आइतबार, आषाढ २२, २०८२
|
|
१८ पटक हेरिएको
Shares
सडक मै ढाट तेर्साएर चक्काजाम 

सारांश

  •     उक्त सडकखण्डको तिलाठी कोइलाडी–७ मंसापुरमा स्थानीयले सडक मै ढाट तेर्साएर चक्काजाम गरेका हुन ।
  •     ठेकेदारको लापरबाहीले ४ वर्षदेखि सडक अलपत्र परेको सो सडक खण्डमा खाल्डाखुल्डी र धुलो उड्नाले दिनहुँ सर्वसाधारणले समस्या भोग्दै आउनुपरेपछि आक्रोशित स्थानीयले नाराबाजी गर्दै चक्काजाम गरेका छन ।
  • जसकारण दुबै तर्फ सवारी साधानहरुको लाम लागेको छ भने यात्रहरुको विजोग भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ असार ।

    वर्षाैदेखी अलपत्र अवस्थामा रहेको सडक स्तरोन्नतीको माग गर्दै स्थानीयले चक्का जाम गरेका छन । सप्तरीको राजविराज–भारदह सडकखण्डको मंसापुरमा आईतवार स्थानीयले सडकस्तरोन्नतीको माग गर्दै चक्का जाम गरेका हुन । 
    उक्त सडकखण्डको तिलाठी कोइलाडी–७ मंसापुरमा स्थानीयले सडक मै ढाट तेर्साएर चक्काजाम गरेका हुन ।
    ठेकेदारको लापरबाहीले ४ वर्षदेखि सडक अलपत्र परेको सो सडक खण्डमा खाल्डाखुल्डी र धुलो उड्नाले दिनहुँ सर्वसाधारणले समस्या भोग्दै आउनुपरेपछि आक्रोशित स्थानीयले नाराबाजी गर्दै चक्काजाम गरेका छन । जसकारण दुबै तर्फ सवारी साधानहरुको लाम लागेको छ भने यात्रहरुको विजोग भएको छ । 
    ठेकेदार र सरोकारवाला निकाय मौन भएर बसेको तथा पटक–पटक आश्वासन मात्र दिएर पन्छिनु बाहेक केही नगरेकाले चक्काजाममा उत्रिुन परेको स्थानीयवासी राधेश्याम यादवले बताए ।
    राजविराज सदरमुकाम जोड्ने उक्त सडक खण्डको झण्डै १८ किलोमिटरको बाटो निर्माण काम ठेकेदारको लापरवाहीका कारण ४ वर्षदेखि अलपत्र अवस्थामा परेको छ । जसकारण आवतजावतमा कठिनाई तथा दुर्घट्नाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ । 
    जिल्लाको शभ्मुनाथ नगरपालिकामा रहेको साह इन्जिनियरिङ कन्स्ट्रक्सनले ४ वर्ष अघि २५ करोड ७१ लाखमा उक्त सडक निर्माण कार्यको ठेक्का लिएर बिचैमा अलपत्र छाडेपछि सडकको अबस्था दिन प्रतिदिन जीर्ण बन्दै गएको हो ।
    यस सडक खण्डमा अन्य समयमा धुलो र वर्षाको समयमा हिलोको समस्या सर्वसाधारणले खेप्नु परेको छ । ठेकेदारले विभिन्न बहाना लगाएर आलटाल गर्दै आएपनि काम गरेको भुक्तानी लिएर सडकलाई अलपत्र पारेर छोडेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरूण कुमार मण्डलको भनाई छ । 
    चक्का जामका कारण त्यस सडकबाट आबतजावत गर्ने सबारी साधन ठप्प भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले स्थानीयलाई सम्झाई बुझाई गरी निर्माण कार्यमा ढिलाई गर्ने ठेकेदारलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि तीन घण्टा पश्चात आवागमन सुचारु गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह