सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 

राजविराज राजविराज
|
शनिबार, बैशाख ११, २०७८
|
|
१८ पटक हेरिएको
Shares
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 

सारांश

  •     गत वर्ष कोरोना माहामारीको बेला जिल्लामा अक्सिजनको व्यवस्था थिएन भने अहिले सोको व्यवस्थापन गरिएको छ ।
  • यता बन्द रहेका आइसोलेशनहरुको पुन:संचालन, पिसिआर परिक्षणको दायरा फराकिलो बनाइदै कोरोना नियन्त्रणका लागि पूर्व तयारी थालिएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.
  • रन्जित झाले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
    छिमेकी मुलुक भारतका साथै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सप्तरीमा त्यसको नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारी सुरु गरिएको छ । 
    गत वर्ष कोरोना माहामारीको बेला जिल्लामा अक्सिजनको व्यवस्था थिएन भने अहिले सोको व्यवस्थापन गरिएको छ । यता बन्द रहेका आइसोलेशनहरुको पुन:संचालन, पिसिआर परिक्षणको दायरा फराकिलो बनाइदै कोरोना नियन्त्रणका लागि पूर्व तयारी थालिएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् ।
    छिमेकी मुलुक भारतमा संक्रमितहरुको संख्या अत्याधिक बृद्धि हुँदा अक्सिजनको अभाव रहेको र सप्तरीमा समेत यसको प्रभाव पर्न सक्ने कुरालाई ध्यानमा राखी शनिबार मात्र इटहरीबाट ८५ सिलिन्डर अक्सिजन झिकाइएको र थप अक्सिजनका लागि समेत आवश्यक पहल थालिएको उनको भनाई छ । 
    सीमावर्ती नाकासँग टासिएको यस जिल्लामा दैनिक रुपमा भारतबाट आउनेहरुको संख्या बढ्दो छ । हालसम्म जिल्लामा एक महिनाको अवधीमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । संक्रमित १२ मध्ये एक स्वास्थ्यकर्मी र दुई कर्मचारी समेत रहेका छन् । 
    संक्रमित १२ जनै हाल होमआइसोलेशनमा रहेको र थप संक्रमित भेटिन सक्ने कुरालाई मध्यनजर गरि पिसिआर परिक्षणको समय पनि बढाइएको छ । हाल सोमबार र बिहीबार गरि साताको दुई दिनमात्र परिक्षण हुँदै आएकोमा अबको दुई/तिन दिनपछि एक दिनको अन्तरालमा परिक्षणको व्यवस्था मिलाउन लागिएको डा. झाले बताए ।
    यसैगरि हाल बन्द अवस्थामा रहेका जिल्लाका आइसोलेशन केन्द्रहरुलाई समेत पुन: संचालनका लागि तयारी सुरु गरिएको छ ।    जिल्लाका पाँच आइसोलेशन केन्द्र मध्ये राजविराजस्थित साइकृष्णा मेडिकल कलेजमा तत्काल २५ शैयाको आइसोलेशन तयारी अवस्थामा रहेकोमा अबको केही दिन भित्रै गजेन्द्र नारायण सिंह अस्पतालमा पनि २५ शैयाकै आइसोलेशन सेवा सुरु हुने उनले जानकारी दिए ।
    सप्तरीमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । यता जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्य निर्देशनहरुलाई कडाईका साथ पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?