दैनिक समाचारदाता
राजविराज, ६ असार ।
सप्तरीको महदेवा गाउँपालिका १ स्थित नरबहादुर थापा जनता माध्यमिक विद्यालय पकरी गोठ सोनरामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न निर्वाचनमा खुल्ला तर्फ विद्यानन्द प्रसाद यादव २ सय २६ मत र फुलवा सरदारले २ सय ११ मत ल्याएर विजयी भएका छन् ।
यसैगरी महिला तर्फ श्याम कुमारी मंडल २ सय २५ र सरिता कुमारी सदा २ सय १८ मत ल्याएर विजयी भएको विद्यालय व्यवस्थापन समिति सहयोग समितिका संयोजक विदुर विक्रम थापाले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिमा ४ जना सदस्य छनौट गर्न पुरुष तर्फ ८ जना र महिला तर्फ ८ जना गरी कूल १६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । कूल ७४१ जना मतदाता रहेकोमा ६ सय २३ जनाले मतदान गरेको विद्यालयका प्रधनाध्यापक नागेन्द्र प्रसाद सिंहले बताए ।
सोनरामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न
सारांश
- बुधबार सम्पन्न निर्वाचनमा खुल्ला तर्फ विद्यानन्द प्रसाद यादव २ सय २६ मत र फुलवा सरदारले २ सय ११ मत ल्याएर विजयी भएका छन् ।
- यसैगरी महिला तर्फ श्याम कुमारी मंडल २ सय २५ र सरिता कुमारी सदा २ सय १८ मत ल्याएर विजयी भएको विद्यालय व्यवस्थापन समिति सहयोग समितिका संयोजक विदुर विक्रम थापाले जानकारी दिए ।
- विद्यालय व्यवस्थापन समितिमा ४ जना सदस्य छनौट गर्न पुरुष तर्फ ८ जना र महिला तर्फ ८ जना गरी कूल १६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया