दादुरा रूवेला खोप अभियान फागुन १ देखी 

राजविराज राजविराज
|
बिहिबार, माघ २३, २०७६
|
|
१०८ पटक हेरिएको
Shares
दादुरा रूवेला खोप अभियान फागुन १ देखी 

सारांश

  •     जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय सप्तरीले आयोजना गरेको अन्तरक्रियामा कार्यालय प्रमुख दुनियालाल यादवले आउँदो फाल्गुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन हुने जानकारी दिएका छन् ।
  •       सरकारले सन् २०२३ सम्म दादुरा रूवेला रोग उन्मुलन गर्ने लक्ष्य लिएर सो राष्ट्रिय खोप अभियान संचालन गरेको उनले बताए ।
  • अभियानमा ९ महिना देखि ५ बर्ष मुनिका बालवालीकाहरूलाई खोप लगाउने प्रमुख यादवले बताए ।

दैनिक समाचारदाता
राजबिराज, २३ माघ । 
    दादुरा रूबेला खोप राष्ट्रिय अभियान कार्यक्रम सम्बन्धी बिहीबार एक दिने सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय सप्तरीले आयोजना गरेको अन्तरक्रियामा कार्यालय प्रमुख दुनियालाल यादवले आउँदो फाल्गुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन हुने जानकारी दिएका छन् । 
    सरकारले सन् २०२३ सम्म दादुरा रूवेला रोग उन्मुलन गर्ने लक्ष्य लिएर सो राष्ट्रिय खोप अभियान संचालन गरेको उनले बताए । अभियानमा ९ महिना देखि ५ बर्ष मुनिका बालवालीकाहरूलाई खोप लगाउने प्रमुख यादवले बताए । 
    कुनै पनि बच्चा खोप खुवाउनबाट बञ्चित नभएको वा छुटेको भनी वडा, पालिका, तथा जिल्ला खोप समन्वय समितिवाट प्रमाणित गरिदिएपछि शतप्रतिशत खोप खुवाएको बुझिने प्रमुख यादबले जिकिर गरे ।
    जिल्लाको विभिन्न वडा र पालीकावाट गरिने तीन चरणको अभियानका लागि ५३ लाख ८७ हजार १ सय ६० रूपैयाँ बिनियोजना गरिएको कार्यालय प्रमुख यादवको भनाई छ । 
    सोही कार्यक्रममा डब्लुएचओका डा. श्रीराम साहले राष्ट्रिय खोप कार्यक्रम अनुसार देशभरीमा ७८ प्रतिशत बालबालिकाले खोप प्राप्त गरेका छन भने २१ प्रतिशतले आंशिक खोप तथा एक प्रतिशत वालवालिका खोपबाट वञ्चित रहेको बताए । उनले प्रदेश २ मा पनि ७३ प्रतिशत वालवालिका खोप लगाएको तथा २७ प्रतिशत बालवालिका खोपवाट बञ्चित रहेको जानकारी दिए ।
    जिल्ला खोप समन्वय समिति का अध्यक्ष प्रभाकर यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, राजबिराज नगर उपप्रमुख साधना झा, जिल्ला शिक्षा बिकास समन्वय ईकाई प्रमुख फणिन्द्र खत्री, गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजका प्रमुख डा. चुमनलाल दास, शसस्त्र प्रहरी नायव उपरिक्षक बद्री नारायण चौधरीलगायतको सहभागिता रहेको थियो । 
    यसैगरी प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा नोवेल कोरेना भाईरस रोग वारेमा छलफल गरिएको छ ।
    हालै चिनमा नोवेल कोरेना भाईरस रोगका कारण ४ सय २५ जनाको मृत्यु भएकोले नेपालमा पनि कोरेना भाईरसको प्रकोपले १४ जना शंकास्पद भेटिएको बताईएको छ ।
    यता कोरेना भाईरस रोग लाग्न नदिन र भेला परेका रोगी लाई नियन्त्रणमा लिएर नजिकको स्वास्थ केन्द्रमा पु¥याउन राजबिराज विमानस्थल र तिलाठी भन्सारमा सम्पर्क केन्द्र खोल्ने स्वास्थ कार्यालय सप्तरीले जनाएको छ ।
    पशुहरूवाट लाग्ने रोग भएकोले मानिसहरूमा पनि त्यहीवाट सर्न सक्ने भएकोले रूघाखोकी गर्दा रूमाल प्रयोग गर्ने, ज्वरो लागेमा नजिकको स्वास्थ केन्द्र उपचार गराउने, ब्यक्तिगत सरसफाईमा ध्यानदिने, मासु खादा सावधानी अपनाउने, अरूलाई नसर्न गरी आफै सर्तकता अपनाउन डा. श्रीराम साहले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरका सडकहरु डुवानमा
नगरका सडकहरु डुवानमा
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो 
माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो 
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
छिन्नमस्ता र रुपनी गाउँपालिकाको टिम फाइनल खेल्ने
छिन्नमस्ता र रुपनी गाउँपालिकाको टिम फाइनल खेल्ने
एमबिबिएस परिक्षामा सप्तरीका  पाँच जना टप २५ मा पर्न सफल
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ