दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका उपप्राध्यापक रामअशिष यादव निमित्त क्याम्पस प्रमुखमा नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले यादवलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो ।
तत्कालिन क्याम्पस प्रमुख सहप्रध्यापक राजिवकुमार मिश्रको पदावधि माघ २८ गते समाप्त भएदेखि क्याम्पस प्रमुख पद रिक्त रहेको थियो ।
निमित क्याम्पस प्रमुखको जिम्मेवारी प्राप्त गरेका यादवले बुधबार पदभार ग्रहण गरेका हुन् । यादवले पदभार ग्रहण गरेपछि क्याम्पसको शैक्षिक वातावरण सुधार गर्दै पठान पाठन नियमित गराउने प्रतिबद्धता जनाए ।
यसैबीच स्वतन्त्र विद्यार्थी युनियनद्वारा क्याम्पस प्रमुखको कक्षमा गरिएको तालाबन्दी पनि बुधबार नै सहमति पश्चात् खोलिएको छ ।
स्ववियु चुनाव समयमा सम्पन्न गर्ने, नियमित रूपमा सरसफाई गर्ने र पठनपाठनमा भइरहेको ढिलाई अभिलम्ब समाधान गर्ने, क्याम्पसको भत्किएको बाउन्ड्रीवाल निर्माण स्व.वि.यु चुनाव भन्दा पहिले गर्ने, गल्र्स रेष्ट रुप अविलम्ब संचालन गर्ने र क्याम्पस हाताभित्र सुर्तीजन्य पदार्थहरू पूर्णरूपमा निषेध गर्ने सहमति पश्चात् उक्त ताला खोलिएको स्ववियु सभापति रन्जित यादवले जानकारी दिए ।
क्याम्पसको निमित्त प्रमुखमा रामअशिष नियुक्त
सारांश
- त्रिभुवन विश्वविद्यालयले यादवलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो ।
- तत्कालिन क्याम्पस प्रमुख सहप्रध्यापक राजिवकुमार मिश्रको पदावधि माघ २८ गते समाप्त भएदेखि क्याम्पस प्रमुख पद रिक्त रहेको थियो ।
- निमित क्याम्पस प्रमुखको जिम्मेवारी प्राप्त गरेका यादवले बुधबार पदभार ग्रहण गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया