परियारको नेतृत्व फुटबल संघ

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ९, २०७९
|
|
३८ पटक हेरिएको
Shares
परियारको नेतृत्व फुटबल संघ

सारांश

  •     नवगठित कार्य समितिको उपाध्यक्षमा अमरबहादुर भुजेल, बिजय कुमार चौधरी र सुनिल चौधरीलाई चयन गरिएको छ ।
  • यस्तै सदस्यमा ध्रुब नारायण चौधरी, रमेशप्रसाद साह, रमेश श्रेष्ठ, अविलाषा पन्त, अमरेन्द्र कुमार चौधरी, बैजु दास, राजकुमार श्रेष्ठ, बब्लुकुमार चौधरी, सुरेश खड्गा, सुरेश लामा र देबेन्द्रमान सिंह बस्नेत चयन भएका छन् ।
  •       नेतृत्व चयनका लागि मतदानको सम्पूर्ण तयारी भइरहेको बेला गरिएको सहमतिको प्रयास सफल भएपछि सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 
    राजकुमार परियारको नेतृत्वमा सप्तरी जिल्ला फुटबल संघ चयन भएको छ । शुक्रबार सम्पन्न पाँचौं अधिवेशनले परियारको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 
    नवगठित कार्य समितिको उपाध्यक्षमा अमरबहादुर भुजेल, बिजय कुमार चौधरी र सुनिल चौधरीलाई चयन गरिएको छ । यस्तै सदस्यमा ध्रुब नारायण चौधरी, रमेशप्रसाद साह, रमेश श्रेष्ठ, अविलाषा पन्त, अमरेन्द्र कुमार चौधरी, बैजु दास, राजकुमार श्रेष्ठ, बब्लुकुमार चौधरी, सुरेश खड्गा, सुरेश लामा र देबेन्द्रमान सिंह बस्नेत चयन भएका छन् । 
    नेतृत्व चयनका लागि मतदानको सम्पूर्ण तयारी भइरहेको बेला गरिएको सहमतिको प्रयास सफल भएपछि सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन गरिएको हो । 
    यसअघि तत्कालिन अध्यक्ष देबेन्द्रमान सिंह बस्नेतले गत बैशाख १ गते गोप्य ढंगले चुनाव गर्न लागेको भन्दै परियार पक्षले पत्रकार सम्मेलन समेत गरि आरोप लगाएपछि केन्द्रिय समितिले निर्वाचन स्थगन गरेको थियो । सोको छानबिन सकिएपछि नयाँ मिति तोकेर अधिवेशन गराइएको हो ।
    केन्द्रिय प्रतिनिधि अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य समेत रहेका बिनोद लामाको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । 
    सप्तरी फुटबल संघमा १० वटा क्लब आवद्ध छन् । संघसँग आवद्ध क्लबको प्रतिनिधि नै मतदाता हुने व्यवस्था छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?