दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सप्तरीका पाँच उत्कृष्ठ जेष्ठ नागरिकलाई सम्मान गरेका छन् ।
राजबिराजमा मंगलबार प्रदेश २ समाजिक बिकास मन्त्रालयद्वारा आयोजित सम्मान कार्यक्रममा मन्त्री साहले जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
यसरी सम्मानित हुनेहरूमा बोदेबरसाईन नगरपालिका ५ की कोशिला यादब, राजबिराज नगरपालिका ७ का लखन साह, खड्ग नगरपालिका ८ का बदु मियाँ, राजबिराज नगरपालिका ५ की दुर्गा मिश्र र तिलाठी कोईलाडी गाउँपालिका १ की चुनचुन देबी झा रहेकी छिन् ।
ती पाँचै जेष्ठ नागरिकलाई मन्त्री साहले दोसल्ला, ब्लायांकेट, छाता, बैसाखी लगायतका सामग्रीबाट सम्मानित गरे ।
आयोजित कार्यक्रममा मन्त्री साहले जेष्ठ नागिरकको आँखा र कान उपचारका लागि मन्त्रालयले ५ करोड रकम छुटाईएको जानकारी दिँदै जेष्ठ नागिरकको सम्मान दोसलाबाट नभई हृदयबाट हुनुपर्ने बताए ।
मन्त्री साहले भने प्रदेश नं. २ का सबै जेष्ठ नागिरकलाई सम्मान गर्ने आप्mनो लक्ष्य रहेको बताउदै आउने दिनमा उनीहरूको जिवनमा आईपर्ने समस्याको वारेमा पनि आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
यस्तै कार्यक्रममा प्रदेश २ का महिला, बालवालिका तथा जेष्ठ नागिरक शाखाका प्रमुख मिरा मिश्रले अन्तर्राष्ट्रिय जेष्ठ नागिरक दिवसको अवसरमा प्रदेशको ८ वटै जिल्लामा उत्कृष्ठ जेष्ठ नागिरकलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइन् ।
जेष्ठ नागिरक सप्तरीका अध्यक्ष शिबहरी भट्राईको अध्यक्षतामा आयोजित तथा जिल्ला समन्वय समिति सप्तरीको संयोजनमा संचालित सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य लक्ष्मी साफी, निमित जिल्ला समन्वय अधिकारी नवराज खडका, राजपाका केन्द्रिय सदस्य बिशेश्वर रजक, दिपेन्द्र चौधरी, नरेन्द्र यादब, उपेन्द्र साह, पुनम यादब, युवा नेता बिनोद यादब, जिल्ला समन्वय समिति कार्यलयका कमली बिराजी लगायतको उपस्थिति रहेको थियो ।
सप्तरीका पाँच जेष्ठ नागिरक सम्मानित
सारांश
- राजबिराजमा मंगलबार प्रदेश २ समाजिक बिकास मन्त्रालयद्वारा आयोजित सम्मान कार्यक्रममा मन्त्री साहले जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
- यसरी सम्मानित हुनेहरूमा बोदेबरसाईन नगरपालिका ५ की कोशिला यादब, राजबिराज नगरपालिका ७ का लखन साह, खड्ग नगरपालिका ८ का बदु मियाँ, राजबिराज नगरपालिका ५ की दुर्गा मिश्र र तिलाठी कोईलाडी गाउँपालिका १ की चुनचुन देबी झा रहेकी छिन् ।
- ती पाँचै जेष्ठ नागरिकलाई मन्त्री साहले दोसल्ला, ब्लायांकेट, छाता, बैसाखी लगायतका सामग्रीबाट सम्मानित गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया