घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते

राजविराज राजविराज
|
आइतबार, आषाढ २, २०८१
|
|
२० पटक हेरिएको
Shares
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते

सारांश

  •     शनिबार दिउसो पोखरीको डिलमा एलानी जग्गामा पुृmसको संरचना बनाई वर्षौदेखि वसोवास गर्दै आएका दलित समुदायको घर हुँदै ढलान बाटो बनाउने क्रममा घर भत्काउँन खोज्दा विवाद भई कुटपीट भएको स्थानीयले जनाएका छन् ।
  •       स्थानीय दलित अगुवा सत्यनारायण पासवानका अनुसार स्थानीय हरिसुदन यादव, उनका छोरा निरज यादव सहितको समुहले लठ्ठी र फलामे रडले कुटपीट गर्दा प्रितम पासवान, उनकी पत्नी मुसनी देवी, छोरा रन्जित, छोरी रितु र राखी तथा बुहारी सरिता घाइते भएकी छिन ।
  • घाईते सबैको टाउको फुटेको छ ।

दैनिक समाचारदाता
राजविराज, २ असार । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ औरहीस्थित फत्तेपुर टोलमा बाटो बनाउने क्रममा घर भत्काइएको भन्दै दुई पक्षबीच कुटपिट हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते भएका छन् । 
    शनिबार दिउसो पोखरीको डिलमा एलानी जग्गामा पुृmसको संरचना बनाई वर्षौदेखि वसोवास गर्दै आएका दलित समुदायको घर हुँदै ढलान बाटो बनाउने क्रममा घर भत्काउँन खोज्दा विवाद भई कुटपीट भएको स्थानीयले जनाएका छन् । 
    स्थानीय दलित अगुवा सत्यनारायण पासवानका अनुसार स्थानीय हरिसुदन यादव, उनका छोरा निरज यादव सहितको समुहले लठ्ठी र फलामे रडले कुटपीट गर्दा प्रितम पासवान, उनकी पत्नी मुसनी देवी, छोरा रन्जित, छोरी रितु र राखी तथा बुहारी सरिता घाइते भएकी छिन । घाईते सबैको टाउको फुटेको छ । घाईते मध्ये राखी गर्भवती समेत हुन । 
    घाइते मध्ये २ जनाको पातोस्थित उमाकान्त कल्पना मेमोरियल अस्पताल तथा ४ जनाको सदरमुकाम राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । 
    वर्षाैदेखी वसिरहेको एलानी जग्गाबाट उठिवास गराउने गरी जबरजस्ती भत्काउन थालिएको र सो बारे आपत्ती जनाउदा ज्यानै गरी कुटपीट गरिएको पीडित परिवारको भनाई छ ।     प्रदेश सरकारको बजेट उक्त स्थानमा ढलान बाटो निर्माण गर्ने योजना अनूरप काम गर्न खोज्दा आपूmहरुलाई पासवान परिवारले हातपात गर्न खोज्दा रक्षाका लागी प्रतिवाद गरेको मधुसुदनको भनाइ छ । 
    पूर्व क्षेत्रपाल समेत रहेका उनले पहिले आपूmहरुमाथी नै आक्रमण भएपछि दुबै पक्षबीच कुटाकुट सूरु भएको बताएका छन । 
    घाइतेहरुले भने आपूmहरुको घर भत्काउने र हटाउने विषयमा समाजमा बसेर छलफल गरी समाधान खोज्नु पर्नेमा मधुसुदन पक्षले त्यसो नगरी राजनीतिक पूर्वाग्रह समेत राखी बल प्रयोग गरेको गुनासो गर्दै दोषीलाई कडा कारवाही गर्नु पर्ने माग गरेका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले उक्त घटनाबारे अनुसन्धान भईरहेको र दोषी पाइएकालाई कानुन बमोजिम कारवाही हुने जनाएका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ
दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ 
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ 
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
समाजवादी पार्टीको प्रदेश समिति अध्यक्षमा बिजय यादव
समाजवादी पार्टीको प्रदेश समिति अध्यक्षमा बिजय यादव
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित 
नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित