दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
सप्तरीको दुई वटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ ।
राजविराज नगरपालिका ७ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा रहेको “क” र “ख” मतदान केन्द्रमा सबै महिला कर्मचारी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
उक्त मतदान केन्द्रमा मतदान अधिकृतदेखी सहयोगि र सुरक्षाकर्मी सबै महिलालाई खटाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज मेहताले जानकारी दिएका छन् ।
जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले निर्वाचन केन्द्र महिला मैत्री र नमूना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिला परिचालन गरिएको जानकारी दिए ।
महिला कर्मचारी परिचालन भएको उक्त मतदान केन्द्रमा एक÷एक जना मतदान अधिकृत, एक÷एक जना सहायक मतदान अधिकृत, चार÷चार जना सहायक कर्मचारी र दुई÷दुई जना सहयोगि पनि महिलालाई नै नियुक्त गरिएको छ ।
उक्त मतदान स्थल “क” मतदान केन्द्रको मतदान अधिकृत गंगा सुनुवार र “ख” मतदान केन्द्र मतदान अधिकृतमा निशाकुसुम पौडेल छन् । उक्त मतदान केन्द्रमा “क” र “ख” मा गरि कुल १ हजार ५ सय ५७ मतदाता छन् ।
सूचना अधिकारी मेहताका अनुसार जिल्लाभरमा कुल ५ सय ३६ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये १ दर्जन भन्दा बढी मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् ।
निर्वाचनमा मतदान केन्द्रलाई समावेशी बनाउन र मतदान अधिकृतको नेतृत्व गर्ने अवसर महिलालाई पनि प्रदान गर्ने उद्देश्यले जिल्लाको एक दर्जन भन्दा बढी स्थानमा महिलालाई मतदान अधिकृत बनाइएको सूचना अधिकारी मेहताले जानकारी दिए ।
सप्तरीको दुई वटा मतदान केन्द्रमा सबै महिला कर्मचारी
सारांश
- राजविराज नगरपालिका ७ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा रहेको “क” र “ख” मतदान केन्द्रमा सबै महिला कर्मचारी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
- उक्त मतदान केन्द्रमा मतदान अधिकृतदेखी सहयोगि र सुरक्षाकर्मी सबै महिलालाई खटाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज मेहताले जानकारी दिएका छन् ।
- जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले निर्वाचन केन्द्र महिला मैत्री र नमूना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिला परिचालन गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया