दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (क्रान्तिकारी) को छैठौ जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ ।
जिल्ला संयोजक रंजित मंडलको अध्यक्षता तथा अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष रवि किरण यादवको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।
जिल्ला सम्मेलनवाट रञ्चित मण्डलको अध्यक्षतामा ५१ सदस्यीय अखिल (क्रान्तिकारी) जिल्ला समिती सर्वसम्मतिबाट चयन भएको छ । सो समितीको उपाध्यक्षमा राधेश्याम यादव, हिमान्शु साह लगायत रहेका छन् ।
यसअघि आयोजित सम्मेलनमा प्रमुख आतिथी यादवले अखिल (क्रान्तिकारी) को रक्तनिजत झण्डालाई सदैव उच्च राख्न बिद्यार्थीहरुसग आहवान गरे । अखिल (क्रान्तिकारी)को विगतको इतिहासलाई कायम राख्न आ–आफेनो ठाउँवाट भुमिका खेल्नु पर्नेमा जोड समेत दिए ।
सो अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर), अखिल (क्रान्तिकारी) का प्रदेश सहसंयोजक विश्वमणी थापा, प्रदेश २ का प्रदेश समिति सदस्यहरु अरुण कुमार साह, छेदी रजक, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज जयप्रकाश यादव, जिसस तथा राजविराज नपाका अध्यक्ष रामगमन साह, जिसस तथा छिन्नमस्ता गापा अध्यक्ष जय प्रकाश यादव, अखिल (क्रान्तिकारी) का जिल्ला सदस्य राधेश्याम यादवलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न
सारांश
- जिल्ला संयोजक रंजित मंडलको अध्यक्षता तथा अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष रवि किरण यादवको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।
- जिल्ला सम्मेलनवाट रञ्चित मण्डलको अध्यक्षतामा ५१ सदस्यीय अखिल (क्रान्तिकारी) जिल्ला समिती सर्वसम्मतिबाट चयन भएको छ ।
- सो समितीको उपाध्यक्षमा राधेश्याम यादव, हिमान्शु साह लगायत रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया