मलखाद वितरणमा जनप्रतिनिधी र डिलरको  मिलोमतो रहेको किसानको गुनासो

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, भाद्र २, २०८३
|
|
१७९ पटक हेरिएको
Shares
मलखाद वितरणमा जनप्रतिनिधी र डिलरको  मिलोमतो रहेको किसानको गुनासो

सारांश

  • सो पालिकाका पाँच दर्जन भन्दा बढी किसानहरुले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी श्रीमिशन कृषि फर्मका संचालक मनोज कुमार चौधरी र वडाअध्यक्ष राम कृष्ण चौधरीको मिलोमतोमा किसानहरुका लागी आएको मलखादमा कालोबजारी भईरहेको दाबी गरे ।
  • उनीहरु मंगलवार नै जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर सो प्रकरणको छानवीन गरी दोषीमाथी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई ज्ञापन पत्र समेत बुझाएका छन ।
  • खडक नगरपालिका ११ का किसान धर्मनाथ यादवले मलको अभावमा खेतीपाती गर्न किसानले समस्या भोगिरहेका बेला डिलर र वडाअध्यक्ष मिलेर कालोबजारी गरीरहेको र वास्तविक किसानहरु मल नपाई रित्तो हात पर्कन बाध्य भएको सुनाए ।
दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
सप्तरीको खडक नगरपालिका १ स्थित मलखाद डिलर श्रीमिशन कृषि फर्मका संचालक र वडाअध्यक्षको मिलोमतोमा मलखादको कालोबजारी भइरहेको त्यहाका स्थानीय किसानहरुले आरोप लगाएका छन ।
सो पालिकाका पाँच दर्जन भन्दा बढी किसानहरुले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी श्रीमिशन कृषि फर्मका संचालक मनोज कुमार चौधरी र वडाअध्यक्ष राम कृष्ण चौधरीको मिलोमतोमा किसानहरुका लागी आएको मलखादमा कालोबजारी भईरहेको दाबी गरे ।
उनीहरु मंगलवार नै जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर सो प्रकरणको छानवीन गरी दोषीमाथी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई ज्ञापन पत्र समेत बुझाएका छन ।
खडक नगरपालिका ११ का किसान धर्मनाथ यादवले मलको अभावमा खेतीपाती गर्न किसानले समस्या भोगिरहेका बेला डिलर र वडाअध्यक्ष मिलेर कालोबजारी गरीरहेको र वास्तविक किसानहरु मल नपाई रित्तो हात पर्कन बाध्य भएको सुनाए ।
उनले डिलर र वडाअध्यक्षको मिलोमतोमा एकै परिवारका ३÷४ जना तथा आफ्ना आसेपासेका ब्यक्तीलाई किसान कार्ड बनाई मनपरी ढंगले मलखाद विक्री वितरण भइरहेको गुनासो पोखे ।
विदेशमा रहेका श्याम मुखिया, राम मुखिया र रामशंकर यादव लगायतको नाममा किर्ते किसान कार्ड बनाएर मलखाद खरिद गरी आफ्ना नाता गोता र आसेपासेलाई बेच्ने गरेको बताए ।
पत्रकार सम्मेलनमा प्रमाणका रुपमा किसान कार्ड र डिलरबाट एक महिनाको अवधीमा वितरण गरिएको मलस्खाद वितरणको विवरण सहितको प्रतिलिपी समेत किसानहरुले सार्वजनिक गरेका छन ।
अर्का किसान नवेन्द्र रामले आफुले २०८१ साल मै किसान कार्ड बनाएर मलखाद्यका लागी डिलर कहाँ धाएको धाए पनि हालसम्म एक पटक पनि मलखाद पाउन नसकेको गुनासो पोखे ।
किसान लालो प्रसाद रामले डिलर संस्थाका  संचालक चौधरीले मलखाद वापत मनपरी रकम लिने र विल समेत नदिने गरेको गुनासो पोखे ।
यता वडाअध्यक्ष रामकृष्ण चौधरीले उक्त आरोपमा कुनै सत्यता नरहेको र डिलरसँग कुनै मिलोमतो नभएको तथा पारदर्शी ढंगले नै मलखाद विक्री वितरण भइरहेको दाबी गरे ।
उनले किसान कार्ड बनाउदा जग्गाधनी प्रमाण पुर्जालाई आधार बनाइएकोमा एउटै परिवारका २ देखी ३ जनाको नाम सिफारिस भइआउदा समस्या उत्पन्न भएको तथा सोको छानवीन गरी एउटा परिवारबाट एक जनाले मात्रै किसान कार्ड पाउने व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।
डिलरका संचालक चौधरीले पनि सो आरोपको प्रतिवाद गर्दै किसान कार्ड लिएर आउनेलाई मात्र मलखाद  दिएको र कुनै कालो बजारी नगरेको दाबी गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान
सहिद खुशिलाल यादवको स्मृती दिवस मनाइयो 
सहिद खुशिलाल यादवको स्मृती दिवस मनाइयो 
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड  ९ लाख ४६ हजार रुपैयाँको बजेट
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड  ९ लाख ४६ हजार रुपैयाँको बजेट
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
राजपा निकट विद्यार्थी संघद्वारा सुनिता साहको रिहाईको माग
समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी