वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव

राजविराज राजविराज
|
आइतबार, बैशाख ३१, २०८०
|
|
४५ पटक हेरिएको
Shares
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव

सारांश

  •     पार्टीको जिल्ला समिती सप्तरीले उनको सम्मानमा आईतवार राजविराजमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
  •       उनले मुलुकमा संघियता पक्षधर र संघियता विरोधी गरी दुई किसिमको धु्रवीकरण बढिरहेको भन्दै वर्तमान सत्ता समिकरणलाई निरन्तरता दिन सके मात्र ऐतिहासिक परिवर्तनको उपलब्धीलाई सुरक्षित राख्न सकिने बताए ।
  •       नेता यादवले वर्तमान सत्ता समिकरणकै आधारमा केन्द्र सरकारमा सहभागिता संगै प्रदेशमा पनि आलोपालो ससरकारको नेतृत्व गर्ने सहमती बढिरहेको उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख । 

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं प्रतिनीधी सभा सदस्य उपेन्द्र यादवले वर्तमान गठबन्धनको सरकारलाई नै निरन्तरता दिनु जरुरी रहेको बताएका छन् । 
    पार्टीको जिल्ला समिती सप्तरीले उनको सम्मानमा आईतवार राजविराजमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । 
    उनले मुलुकमा संघियता पक्षधर र संघियता विरोधी गरी दुई किसिमको धु्रवीकरण बढिरहेको भन्दै वर्तमान सत्ता समिकरणलाई निरन्तरता दिन सके मात्र ऐतिहासिक परिवर्तनको उपलब्धीलाई सुरक्षित राख्न सकिने बताए । 
    नेता यादवले वर्तमान सत्ता समिकरणकै आधारमा केन्द्र सरकारमा सहभागिता संगै प्रदेशमा पनि आलोपालो ससरकारको नेतृत्व गर्ने सहमती बढिरहेको उल्लेख गरे । 
    नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तराष्ट्रिय स्तरमा समेत मूलुकको साख गिराउने काम गरेको भन्दै दोषिहरुमाथी कारवाही हुनसके मात्र मूलुको साख जोगिने बताए । 
    जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित सम्मान समाहरोमा प्रदेश सभा सदस्य किरण कुमारी साह, पुर्व शिक्षा मन्त्री रेणु कुमारी यादव, महिला नेतृ रमिला कुमारी साह, जसपाका यूवा नेता युसुफ अलि, तारकेश्वर प्रसाद यादव, भीमराज यादव लगायतले शुभकामना दिदै पार्टी संगठन सुढुढिकरणका लागी चाल्नु पर्ने कदमबारे आ–आफ्नो सुझाव राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
ट्याक्टरको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
ट्याक्टरको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
ठूलो परिणाममा कृषियन्त्र  उपकरण र स्यालो ट्युवेल बितरण
ठूलो परिणाममा कृषियन्त्र  उपकरण र स्यालो ट्युवेल बितरण
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
अशक्तलाई ह्विलचियर र छात्रालाई साईकल 
अशक्तलाई ह्विलचियर र छात्रालाई साईकल 
अग्रज पत्रकार सुमनको निधन