क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा

सारांश

  •     राजनीतिक रुपमा निकै चर्चा र चासोको विषय बनेको यसक्षेत्रमा पुरानोदेखि नयाँ उम्मेदवारहरु चुनाव जित्न आ–आफ्नै रणनीतिमा लागेका हुन् ।
  •     यसक्षेत्रबाट पहिलो पटक चुनावी मैदानमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्नुले पनि थप चासो र चर्चाको विषय बनेको हो ।
  •       यस क्षेत्रबाट नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ती पार्टी नेपालका सहमहासचिव गजेन्द्र मण्डल र नयाँ शक्तीका रुपमा देखापरेका रास्वपाका डा.

दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।

    फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
    राजनीतिक रुपमा निकै चर्चा र चासोको विषय बनेको यसक्षेत्रमा पुरानोदेखि नयाँ उम्मेदवारहरु चुनाव जित्न आ–आफ्नै रणनीतिमा लागेका हुन् ।
    यसक्षेत्रबाट पहिलो पटक चुनावी मैदानमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्नुले पनि थप चासो र चर्चाको विषय बनेको हो । 
    यस क्षेत्रबाट नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ती पार्टी नेपालका सहमहासचिव गजेन्द्र मण्डल र नयाँ शक्तीका रुपमा देखापरेका रास्वपाका डा.अमरकान्त चौधरीको प्रवेशले पनि रोचक प्रतिस्पर्धा हुने मतदाताहरुको भनाई छ । 
    जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादव यस क्षेत्रबाट मैदानमा उत्रिएपछि जित निकाल्न पार्टीका नेता÷कार्यकर्ता प्रचारप्रसारलाई तिब्रता दिदै पुरा शक्ति लगाएको देखिएको छ । 
    यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका दिनेश कुमार यादवले जितेका थिए । २०६४ र २०७० सालको संविधानसभा निर्वाचन र २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लगातार उम्मेदवार भएका यादव पछिल्लो पटक यस क्षेत्रबाट जित निकालेका थिए ।
    यादवले २६ हजार १ सय ६६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तारकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरेका थिए । काँग्रेसका उम्मेदवार यादव जितलाई निरन्तरता दिने रणनीतिमा लागेका छन् भने अन्य दल काँग्रेसको पकड क्षेत्र तोड्दै आफ्नो जित निकाल्ने दाउमा लागेका छन् । 
    यहाँ नेपाली काँग्रेस, जसपा नेपाल, रास्वपा, राष्ट्रिय मुक्ती पार्टी नेपाल, जनमत, नेकपा तथा एमाले मुख्य प्रतिस्पर्धामा देखिएका छन । जनमत पार्टीबाट सुरेन्द्र मधेशी, नेकपाबाट अरुण कुमार साह, एमालेबाट ताराकान्त चौधरी उम्मेदवार छन । 
    यस्तै उज्यालो नेपाल पार्टीबाट परमेश्वर लाल साह, नेपाल जनता पार्टीबाट डा.सन्तोष चमन, राप्रपाबाट उम्मेदश्वर प्रसाद साह, आजपाबाट धनिक लाल चौधरी बहुजन एकता पार्टीबाट महादेव राम, नेमकिपाबाट प्रभु प्रसाद साह, श्रम संस्कृति पार्टीबाट जयनाराण मण्डल गरी कुल २२ जना उम्मेदवार चुनावी मैदानमा छन । 
    कुल १ लाख ११ हजार ८ सय ७१ मतदाता रहेको यस क्षेत्रमा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका तथा रुपनी, विष्णुपुर र राजगढ गाउँपालिका गरी कुल ५ पालिका पर्दछ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
नुहाउने तथा पंखा चलाउने क्रममा  करेन्ट लागेर किशोर किशोरीको मृत्यु
नुहाउने तथा पंखा चलाउने क्रममा  करेन्ट लागेर किशोर किशोरीको मृत्यु
सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु नगदसहित सम्मानित 
विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु नगदसहित सम्मानित 
न्यायिक समितिमा डाक्नेश्वरीका नगर  प्रमुखसहित २४ जना विरुद्ध उजुरी
न्यायिक समितिमा डाक्नेश्वरीका नगर  प्रमुखसहित २४ जना विरुद्ध उजुरी
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने