दैनिक समाचारदाता
राजविराज, १, माघ ।
सशस्त्र प्रहरीले जिल्लाको विभिन्न नाकाबाट अवैधरुपमा ल्याइएको ठूलो परिमाणको दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.६ गण हेडक्वाटर सप्तरीका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन राज विष्टका अनुसार सोमवार विहान हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह सडकखण्डमा चेकजाँचको क्रममा गाडीमा लोड गरेर अवैधरुपमा ल्याइएका २७ बोरा दुधको पाउडर बरामद गरिएको छ । ग.३च. ५१५९ नम्बरको भ्यानमा प्याकेट बनाएर बोरा भित्र राखिएको उक्त दुध पाउडरको तौल ६ सय ७५ केजी रहेको उनले जनाए । सशस्त्र प्रहरी नायब उपरिक्षक प्रदिप बुढाथोकी कमाण्डको टोलीले शंका लागी चेकजाँच गरिरहदा चालक भने गाडी छाडेर फरार भएको तथा उनको खोजी कार्य भईरहेको उनले जनाए । बरामद दुध पाउडरको अनुमानीत बजार मुल्य ३ लाख ७१ हजार २ सय ५० रुपैया रहेको उनको भनाई छ ।
बरामद समान र गाडी इटहरी स्थित अनुसन्धान कार्यालय पठाइएको उनले बताए । चेक जाँचको क्रममा उक्त समानको विल विजक समेत फेला नपरेको उनले जानकारी दिए ।
अस्यस्तै भारतबाट अर्वैधरुपमा ल्याइएको ज्याकेट, न्यानो लत्ता कपडा र औषधी लगायतका अवैध मालसमान सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ बाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सिमा सुरक्षा गुल्म पातोबाट सहायक प्रहरी हबल्दार धन बहादुर साउद नेतृत्वको टोलीले ४६ हजार ३ सय ३० रुपैयाको अवैध औषधी तथा सशस्त्र प्रहरी नायब निरिक्षक शुभ नारायण मण्डल नेतृत्वको टोलीले ५९ हजार ८ सय मुल्य बराबरको न्यानो लत्ता कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ६ गण हेडक्वाटर सप्तरीका सुचना अधिकारी विष्टले बताए ।
सोमवार नै भारतबाट भन्सार छलेर ल्याइएका १ लाख ६२ हजार मुल्य बराबरको किरानाका सरसमान जिल्लाको छिन्नमसता गाउँपालिका २ मोहनपुर क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट ना.५७ प ४४७६ नम्बरको मोटरसाईकलबाट ल्याउदै गरेका १ लाख ६२ हजार मुल्य बराबरको किरानाका अवैध मालसमान सशस्त्र प्रहरी बरिष्ट हबल्लार विनोद विकको कमाण्ड टोलीले नियन्त्रणमा लिएको तथा चालक भने फरार भएको उनले जानकारी दिए ।
बरामद उक्त सरसमान आवश्यक प्रक्रिया पश्चात तिलाठी कोईलाडी स्थित राजविराज भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ६ गण हेडक्वाटर सप्तरीले ज नाएको छ ।
भारतबाट हुने चोरी पैठारी रोक्न सिमानामा कडार्ई तथा निगरानी बढाइए पछि त्यस्ता अवैध माल समान धमाधम बरामद हुन थालेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
सारांश
- सशस्त्र प्रहरी बल नेपाल नं.
- ६ गण हेडक्वाटर सप्तरीका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन राज विष्टका अनुसार सोमवार विहान हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह सडकखण्डमा चेकजाँचको क्रममा गाडीमा लोड गरेर अवैधरुपमा ल्याइएका २७ बोरा दुधको पाउडर बरामद गरिएको छ ।
- ग.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया