दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं. ३ स्थित नर्घोमा तिन दिने व्यवसायिक साक्षरता तालिम मंगलबारदेखी शुरु भएको छ ।
युरोपियन यूनियनको आर्थिक सहयोग, वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोग तथा आसमान नेपालको अगुवाईमा राजगढ गाउँपालिका एवं दलित सरोकार मञ्च नेपाल सप्तरीको सहकार्यमा राजगढ गाउँपालिकामा “नागरिक सक्रियता” परियोजनाले सो तीन दिने व्यवसायिकसाक्षरता तालिम सञ्चालन गरेको हो ।
सो तालिममा राजगढ गाउँपालिकाका वडा नं. २ का सृजनशिल महिला समूह तथा वडा नं.३ का सरस्वती महिला समुहकी महिला÷युवती सदस्यहरुलाई तीन दिने व्यवसायिक साक्षरता तालिम सञ्चालन गरिएको दलित सरोकार मञ्चका सुशासन सहजकर्ता उपेन्द्र कुमार मरिकले बताए ।
उक्त कार्यक्रममा राजगढ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सिताराम यादव र दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले संयुक्त रुपमा ब्यानर पढेर तालिम उदघाटन गरे ।
तालिममा लक्षित ग्राहकको पहिचान र विक्रय कलाको विकास, व्यवसायिक योजनाको महत्व, व्यवसायको अर्थ, प्रकार, महत्व र फाईदा, लागत तथा विक्रि मूल्य निर्धारण र लगत तथा लागतका तत्वहरु बजार र बजारीकरण लगायत बिषयबस्तुहरु समिटिने मञ्चले जनाएको छ । तालिमको प्रमुख प्रशिक्षक दिपक साह शंकरले सहजिकरण गरिरहेका छन् ।
नर्घोमो व्यवसायिक साक्षरता तालिम शुरु
सारांश
- युरोपियन यूनियनको आर्थिक सहयोग, वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोग तथा आसमान नेपालको अगुवाईमा राजगढ गाउँपालिका एवं दलित सरोकार मञ्च नेपाल सप्तरीको सहकार्यमा राजगढ गाउँपालिकामा “नागरिक सक्रियता” परियोजनाले सो तीन दिने व्यवसायिकसाक्षरता तालिम सञ्चालन गरेको हो ।
- सो तालिममा राजगढ गाउँपालिकाका वडा नं.
- २ का सृजनशिल महिला समूह तथा वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया