एकै दिन दुई पुरुष र एक महिलाले गरे आत्महत्या 

राजविराज राजविराज
|
मंगलबार, आषाढ २४, २०७६
|
|
२० पटक हेरिएको
Shares
एकै दिन दुई पुरुष र एक महिलाले गरे आत्महत्या 

सारांश

  •     पछिल्लो पटक आइतबार जिल्लाको राजगढ गाउँपालिका, बोदेबर्साइन नगरपालिका र सप्तकोशी नगरपालिकामा गरि दुई पुरुष र एक महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
  •       राजगढ गापा वडा नं.
  • ४ बेल्ही बस्ने ७० वर्षिय लक्ष्मण मण्डलले आफु सुत्ने कोठामा बाँसको बलोमा गम्छाले पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ असार । 
    सप्तरीमा आत्महत्या गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ । 
    पछिल्लो पटक आइतबार जिल्लाको राजगढ गाउँपालिका, बोदेबर्साइन नगरपालिका र सप्तकोशी नगरपालिकामा गरि दुई पुरुष र एक महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  
    राजगढ गापा वडा नं. ४ बेल्ही बस्ने ७० वर्षिय लक्ष्मण मण्डलले आफु सुत्ने कोठामा बाँसको बलोमा गम्छाले पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    त्यस्तै आइतबारै जिल्लाको बोदेबर्साईन नगरपालिका २ जोगीनिया निवासी ३० वर्षिय सुरेन्द्र पासवानले आफ्नो घरको बलोमा साडीले पासो लगाई झुण्डिएर आत्महत्या गरेको जनाइएको छ । यसैगरि जिल्लाकै सप्तकोशी नगरपालिका ४ शम्भु सदाको ४५ वर्षिया श्रीमती बर्षीदेवी सदाले बलारदह सामुदायिक वन भित्र बाँसको झ्याङमा साडीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता गत फागुन महिनामा आत्महत्या गर्नेहरुको संख्या १० रहेको थियो भने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालका अनुसार यस अवधिमा झुण्डिएर ७ र विषसेवनबाट ३ गरी १० जनाले ज्यान गुमाएका छन् । आत्महत्या गर्नेमा ६ पुरुष र ४ महिला छन् भने जसमध्ये अधिकांश युवायुवतीहरु छन् । 
    प्रहरीको तथ्यांक अनुसार २०७५ साउनदेखि चालु आ.ब. २०७६ असार १५ गतेसम्ममा जिल्लामा कुल ६३ जनाले आत्महत्या गरेको जसमध्ये महिलाको संख्या ३२ र पुरुषको संख्या ३१ रहेको छ । यसमध्ये चैतदेखी असार १५ सम्ममा ३ पुरुष र ४ महिला गरि ७ जनाले विषसेवन गरेको तथा २४ जनाले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।  
    यसरी आत्महत्या गर्ने अधिकांश घटनामा प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । त्यसपछि गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्याको कारक बन्ने गरेको पाइएको छ ।
    कतिपय केशमा उपचारका लागि पैसाको जोहो गर्न नसक्दा र ऋणको भारले थिचिदै जाँदा चिन्ताले पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको चिकित्सक तथा प्रहरी अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
हरवा चरवाको ज्याला निर्धारण गर्न माग
हरवा चरवाको ज्याला निर्धारण गर्न माग
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
कारागार क्षेत्रको अतिक्रमित  जग्गा हटाउने तयारी
कारागार क्षेत्रको अतिक्रमित  जग्गा हटाउने तयारी
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता
मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी
मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा