प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ

राजविराज राजविराज
|
बिहिबार, मंसिर २८, २०८०
|
|
३० पटक हेरिएको
Shares
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ

सारांश

  •     मनपरी शुल्क असुल गरेको विरोधमा आवाज उठाउँदा दुबै मिलेर दुई जना विद्यार्थीलाई निर्घात कुटपीटि गरेको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले दोश्रो दिन प्रदर्शनसहित राजविराज नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेका छन् ।
  •       आक्रोसित विद्यार्थीहरुले ढुंगामुढा गर्दा नगरपालिका कार्यालयको दुई वटा झ्यालको शिशा फुट्नुका साथै कार्यालय परिसरमा राखिएको पूmलको गमलाहरुमा क्षति पुगेको छ ।
  •       स्थानीय नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियाका कक्षा १० मा अध्यनरत विद्यार्थी विकास कुमार मण्डल र रोशन साहलाई दुई दिन अघि विद्यालयले मनपरि शुल्क वसुलेको बारे आपत्ती जनाउँदा प्रधानाध्यापक रामानन्द सुनरैत यादव र व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले निर्घात कुटपिट गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर । 

    विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई कारवाहीको माग गर्दै बिहीबार आन्दोलरत विद्यार्थीहरुले राजविराज नगरपालिकाको कार्यालयमा ढुंगामुढा गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । 
    मनपरी शुल्क असुल गरेको विरोधमा आवाज उठाउँदा दुबै मिलेर दुई जना विद्यार्थीलाई निर्घात कुटपीटि गरेको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले दोश्रो दिन प्रदर्शनसहित राजविराज नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेका छन् । 
    आक्रोसित विद्यार्थीहरुले ढुंगामुढा गर्दा नगरपालिका कार्यालयको दुई वटा झ्यालको शिशा फुट्नुका साथै कार्यालय परिसरमा राखिएको पूmलको गमलाहरुमा क्षति पुगेको छ । 
    स्थानीय नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियाका कक्षा १० मा अध्यनरत विद्यार्थी विकास कुमार मण्डल र रोशन साहलाई दुई दिन अघि विद्यालयले मनपरि शुल्क वसुलेको बारे आपत्ती जनाउँदा प्रधानाध्यापक रामानन्द सुनरैत यादव र व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले निर्घात कुटपिट गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । 
    विद्यार्थी कुट्ने प्रअ र व्यवस्थापन समितिका अध्यक्ष दुबै माथी कडा कारवाहीको माँग गर्दै विद्यार्थीहरुले आन्दोलन चर्काएका हुन । आक्रोसित विद्यार्थीहरुले नगरपालिकामा ढुंगामुढा गर्नुका साथै मुल गेटमै दुई घण्टा धर्ना तथा टायर बालेर प्रर्दशन समेत गरेका छन् ।
    परिक्षाको रजिष्टे«शन शुल्क वापत कक्षा ९ को ३ सय र कक्षा १० का लागी ५ सय रुपैया राजश्व बुझाउने प्रावधान रहेपनि सो विपरित विद्यार्थीहरुबाट १ हजार देखि १ हजार ४ सय रुपैया सम्म जवरजस्ती वसुल गरिएको र सो बारे प्रश्न उठाउँदा आफुहरु कुटिएको घाइते भएका विद्यार्थी विकास मण्डलको भनाई छ । 
    नगरपालिकामा ढुंगामुढा तथा मुल गेटमै विद्यार्थी धर्नामा वसेपछि कार्यवाहक नगर प्रमुख इसरत परवीनले आन्दोलनकारीहरु संग वार्ता गरी समस्या समाधानको प्रयास गरेकी छिन् । उनले घटनाबारे छानवीन थालिएको तथा शुक्रवार दुबै पक्षलाई राखी निकास निकाल्ने प्रतिबद्धता जनाएको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् ।
    यसबीच विद्यार्थीहरुले नगरपालिकामा धर्नापछि प्रअ र अध्यक्षलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
रुपनीका वडा अध्यक्ष थापाको निधन
रुपनीका वडा अध्यक्ष थापाको निधन
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण