सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 

राजविराज राजविराज
|
शनिबार, मंसिर २०, २०७७
|
|
४८ पटक हेरिएको
Shares
सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 

सारांश

  • सो प्रतियोगिताबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ क्रिकेट टोली छनौट गर्ने छ ।
  • शनिवार अनलाईन मार्फत सम्पन्न बैठकमा उक्त प्रतियोगिताका लागि सप्तरी जिल्ला क्रिकेट संघलाई महिला प्रतियोगिता तथा बन्द प्रशिक्षण दुवैको जिम्मेवारी दिइएको छ ।
  •   त्यस्तै पुरुषतर्फ बारा जिल्ला क्रिकेट संघलाई बारा, पर्सा, सर्लाही र रौतहट तथा धनुषा जिल्ला क्रिकेट संघलाई धनुषा, महोतरी, सिरहा र सप्तरीको प्रतियोगिता लिगको आधारमा संचालन गर्ने र बन्द प्रशिक्षणको समेत जम्मेवारी दिइएको हो ।

दैनिक समाचारदाता
जनकपुर, २० मंसिर । 
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश क्रिकेट संघ २ ले प्रदेश स्तरीय महिला तथा पुरुष क्रिकेट प्रतियोगिता संचालन गर्ने भएको छ । 
सो प्रतियोगिताबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ क्रिकेट टोली छनौट गर्ने छ । शनिवार अनलाईन मार्फत सम्पन्न बैठकमा उक्त प्रतियोगिताका लागि सप्तरी जिल्ला क्रिकेट संघलाई महिला प्रतियोगिता तथा बन्द प्रशिक्षण दुवैको जिम्मेवारी दिइएको छ । 
त्यस्तै पुरुषतर्फ बारा जिल्ला क्रिकेट संघलाई बारा, पर्सा, सर्लाही र रौतहट तथा धनुषा जिल्ला क्रिकेट संघलाई धनुषा, महोतरी, सिरहा र सप्तरीको प्रतियोगिता लिगको आधारमा संचालन गर्ने र बन्द प्रशिक्षणको समेत जम्मेवारी दिइएको हो । 
त्यस्तै प्रतियोगिता अन्तरगतको सेमिफाईनल र फाईनल संचालनको धनुषा क्रिकेट संघलाई नै जिम्मेवारी दिइएको छ ।
सोही बैठकले नेपालका पहिलो अन्तराष्ट्रिय कप्तान उत्तम कर्मचार्यलाई नेपाल क्रिकेट संघको छनौट समिति प्रमुखमा चयन गरेको छ । यस्तै प्रतियोगिताको तालिका र मिति आईतवार पुनः बस्ने बैठकबाट पारित गर्ने निर्णय समेत गरिएको प्रदेश २ क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवास
प्रदेश २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवास
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह 
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह 
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर
मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
बोक्सी भन्दै कुटपिट गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ
बोक्सी भन्दै कुटपिट गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ