नेपाल लाईफ ईन्स्योरेन्सका अभिकर्तालाई पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न 

राजविराज राजविराज
|
बुधबार, कार्तिक १०, २०७८
|
|
६६ पटक हेरिएको
Shares
नेपाल लाईफ ईन्स्योरेन्सका अभिकर्तालाई पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न 

सारांश

  •     राजबिराजमा आयोजित कार्यक्रममा अभिकर्ता, एजेन्सी म्यानेजर बरिष्ठ म्यानेजर लगायतले उत्कृष्ट कार्य गरे बापत उनीहरूलाई सम्मान गरिएको हो ।
  •     उक्त अवसरमा सप्तरी कार्यक्षेत्र बनाएर बिमा गर्ने एजेन्सी म्यानेजर लक्ष्मी रजक, बरिष्ठ म्यानेजर दशरथ दास, सुकेश राय, मोकेन्द्र यादब, राजकुमार दास, कैलाश झा, सत्य नारायण यादब लगायत ५३ जनालाई सम्मान गरिएको नेपाल लाईफ ईन्स्योरेन्स कम्पन्नी कंचनपुर शाखा प्रबन्धक जय दत्तले जानकारी दिएका छन ।
  •     उक्त कार्यक्रममा नेपाल लाईफ ईन्स्योरेन्स कम्पन्नीका कार्यकारी अधिकृत सन्तोष प्रसाईले बिमा ब्यबसायलाई सुरक्षित तथा समृद्व बनाउन छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्ने चाहना, शिक्षा, दिक्षा, छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्था गराउन बिमाले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
    नेपाल लाईफ ईन्स्योरेन्स शाखा कार्यालय कंचनपुरको आयोजनामा अभिकर्ता पुर्नताजगी तथा सम्मान कार्यकम बुधबार सम्पन्न भएको छ ।
    राजबिराजमा आयोजित कार्यक्रममा अभिकर्ता, एजेन्सी म्यानेजर बरिष्ठ म्यानेजर लगायतले उत्कृष्ट कार्य गरे बापत उनीहरूलाई सम्मान गरिएको हो ।
    उक्त अवसरमा सप्तरी कार्यक्षेत्र बनाएर बिमा गर्ने एजेन्सी म्यानेजर लक्ष्मी रजक, बरिष्ठ म्यानेजर दशरथ दास, सुकेश राय, मोकेन्द्र यादब, राजकुमार दास, कैलाश झा, सत्य नारायण यादब लगायत ५३ जनालाई सम्मान गरिएको नेपाल लाईफ ईन्स्योरेन्स कम्पन्नी कंचनपुर शाखा प्रबन्धक जय दत्तले जानकारी दिएका छन ।
    उक्त कार्यक्रममा नेपाल लाईफ ईन्स्योरेन्स कम्पन्नीका कार्यकारी अधिकृत सन्तोष प्रसाईले बिमा ब्यबसायलाई सुरक्षित तथा समृद्व बनाउन छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्ने चाहना, शिक्षा, दिक्षा, छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्था गराउन बिमाले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
    उनले विवाहको प्रवन्ध मिलाउनको निम्ति ठूलो खर्च आईलाग्ने भएकोले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमा सुरक्षित उपाय रहेको बताए ।
    ईन्स्योरेन्स कम्पन्नी प्रदेश २ का क्षेत्रिय प्रबन्धक दशरथ झाले जीवन अमुल्य भएकोले जिवनको सुरक्षित बनाउन बिमा ब्यवसाय एक मात्र बिकल्प रहेको बताए । उनले बिमा कठिन ब्यवसाय भएकोले मानिसको जीवन सुरक्षित बनाउनका लागि सम्पुर्ण नेपालीले बिमा गर्न तर्फ अग्रसर हुनुपर्नेमा जोड समेत दिए ।
    यसैगरी कम्पनीका डिसियो सुशिल चौधरीले भविष्यप्रति विभिन्न प्रकारका प्रलेख बीमा गराएर  ढुक्क हुन भन्दै वृद्ध अवस्थामा पनि आनन्दका साथ दिन बिताउन बिमा माध्यम हुनजान्छ । 
    नेपाल लाईफ ईन्स्योरेन्स शाखा कंचनपुर ईन्स्योरेन्स शाखा अध्यक्ष तथा सिनियर एजेन्सी म्यानेजर मोकेन्द्र यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा कंचनपुर शाखा प्रबन्धक जय दत्त, राजबिराज शाखा प्रबन्धक भोगेन्द्र साह, राजबिराज अध्यक्ष दशरथ दास, सत्य नारायण यादब, राजकुमार दास लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन बरिष्ठ म्यानेजर कैलाश झाले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
विश्व हुलाक दिवसमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित 
विश्व हुलाक दिवसमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित 
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी 
उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी 
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित 
नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित 
कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप