जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न  नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने

राजविराज राजविराज
|
बिहिबार, आषाढ १३, २०८१
|
|
५६ पटक हेरिएको
Shares
जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न  नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने

सारांश

  •     राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले सामुहिक रुपमा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीलाई ध्यानाकर्षण गराउँदै चाडो भन्दा चाडो सडक निर्माण कार्य सम्पन्न गराउन ठेकेदार कम्पनीलाई पहल गरिदिन आग्रह गरेका हुन् ।
  •       रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले सडक निर्माणका लागि ठेक्का पाएका कम्पनीको लापरवाहीले गर्दा कुनै बेला पनि राजविराज–रुपनी सडक खण्डमा दुर्घट्ना हुन सक्ने बताउँदै त्यस्ता कम्पनीलाई अविलम्ब सडक निर्माण कार्य सम्पन्न गराउन प्रजिअसमक्ष आग्रह गरे ।
  • उनले हाल सो सडक खण्डमा ठूल्ठूला खाल्डाखुल्डी र वर्षाको पानी जमेकाले यातायातका साधनहरु कुनै बेला पनि दुर्घटना पर्न सक्ने सम्भावना रहेको भन्दै ती निर्माण कम्पनीलाई चाडो भन्दा चाडो कार्य सम्पन्न गराउन ध्यानाकर्षण गराए ।

दैनिक समाचारदाता
राजविराज, १३ असार । 

    जिल्लास्थित विभिन्न सडकहरुको निर्माण कार्य अधुरो रहेको भन्दै अविलम्ब निर्माण कार्य सम्पन्न गराउन बारे सप्तरीका तीन पालिका अध्यक्ष तथा प्रमुखहरुले बिहीबार सामुहिक रुपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् । 
    राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले सामुहिक रुपमा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीलाई ध्यानाकर्षण गराउँदै चाडो भन्दा चाडो सडक निर्माण कार्य सम्पन्न गराउन ठेकेदार कम्पनीलाई पहल गरिदिन आग्रह गरेका हुन् । 
    रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले सडक निर्माणका लागि ठेक्का पाएका कम्पनीको लापरवाहीले गर्दा कुनै बेला पनि राजविराज–रुपनी सडक खण्डमा दुर्घट्ना हुन सक्ने बताउँदै त्यस्ता कम्पनीलाई अविलम्ब सडक निर्माण कार्य सम्पन्न गराउन प्रजिअसमक्ष आग्रह गरे । उनले हाल सो सडक खण्डमा ठूल्ठूला खाल्डाखुल्डी र वर्षाको पानी जमेकाले यातायातका साधनहरु कुनै बेला पनि दुर्घटना पर्न सक्ने सम्भावना रहेको भन्दै ती निर्माण कम्पनीलाई चाडो भन्दा चाडो कार्य सम्पन्न गराउन ध्यानाकर्षण गराए । 
    उनले विगतमा पनि पालिका प्रमुखहरुले जिल्लाको सडकहरुको अवस्था बारे तत्कालिन प्रजिअको रोहबरमा सडक डिभिजन कार्यालय र सडक निर्माण कम्पनीका प्रतिनिधिहरुलाई राखेर कार्य सम्पन्न गराउने प्रतिबद्धता जनाएको स्मरण गराए । तर, हालसम्म पनि सडक डिभिजन र ठेकेदारहरुले कार्य सम्पन्न गर्न अटेर गरेको भन्दै आउँदो दिनमा आफूहरु नै उनीहरुको बिरोधमा उत्रनु पर्ने चेतावनी समेत दिए । 
    यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले भारदह–राजविराज सडक खण्ड अन्तरगत पर्ने मंसापुर र तोपामा सडकको अवस्था कहाली लाग्दो रहेको भन्दै त्यहाका स्थानीयहरुले सडक निर्माणका लागि पालिकालाई नै दबाब दिँदै आएको सुनाए । उनले सो सडक खण्ड निर्माण गर्ने ठेकेदार कम्पनीको लापरवाहीको जिम्मा पनि के गाउँपालिकाले नै लिने भन्दै प्रजिअसमक्ष गुनासो गरे । अध्यक्ष मण्डलले तोपामा दिनहुँजसो सवारीसाधानहरु दुर्घटनामा पर्ने गरेको तर, आफूहरु निरिह भएर हेर्ने मात्र गरेको लाचारी सुनाए । 
    यस्तै राजविराज नगपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले राजविराजको विभिन्न सडकहरु ठेकेदार कम्पनीकै कारण अलपत्र रहेको भन्दै ती कम्पनीहरु पालिकासँग कुनै प्रकारको समन्वय समेत नगर्ने गरेको बताइन् । उनले सडक निर्माण कार्य बीचमै अलपत्र परेकोले सवारीसधानहरु कुनै बेला पनि दुर्घटनामा पर्न सक्ने सम्भावना पनि उत्तिकै रहेकोले सो कार्य अविलम्ब सम्पन्न गराउन प्रजिअसमक्ष आग्रह गरिन । 
    तीनै जना पालिका प्रमुखहरुले निर्माणाधीन सडकहरुको छिटो भन्दा छिटो काम सम्पन्न गराउन सडक डिभिजन र सम्बन्धीत ठेकेदार कम्पनीलाई बोलाएर निर्देशन दिन प्रजिअ समक्ष आग्रह गरे । उनीहरुले आफूहरुको आग्रहलाई वेवास्ता गरे ठेकेदार कम्पनी बिरुद्ध सडकमा ओर्लिने चेतावनी समेत दिए । 
    यता प्रजिअ मंग्रातीले पालिका प्रमुखहरुको आग्रहप्रति सकारात्मक रहेको भन्दै सडक डिभिजन कार्यालयका प्रमुख र ठेकेदार कम्पनीका प्रमुख वा प्रतिनिधिहरु छलफल गरेर सडक निर्माणका अधुरो कार्यलाई सक्दो छिटै सम्पन्न गराउने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ वर्षिया बालिकालाई करणी  गरि फरार अभियुक्त पक्राउ
१२ वर्षिया बालिकालाई करणी  गरि फरार अभियुक्त पक्राउ
सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट 
सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट 
नेपाल धानुक बौद्धिक समाजद्वारा शुभकामना आदान प्रदान
नेपाल धानुक बौद्धिक समाजद्वारा शुभकामना आदान प्रदान
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?