सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट 

राजविराज राजविराज
|
शनिबार, चैत्र ९, २०८१
|
|
७३ पटक हेरिएको
Shares
सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट 

सारांश

  •     प्रहरीले शनिबार १३ क्विन्टल ९६ केजी गाजा राजविराज १५ स्थित खाडो खोला किनारमा नष्ट गरेको छ ।
  • अघिल्लो दिन शुक्रबार पनि प्रहरीले सोही स्थानमा २४ क्विन्टल गाजा जलाएर नष्ट गरेको थियो ।
  • दुई दिनको अवधीमा प्रहरीले ३८ क्विन्टल १५ केजी गाजा जलाएर नष्ट गरिसकेको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।

    सप्तरी प्रहरीले दुई महिनाको अवधीमा जिल्लाको विभिन्न स्थानबाट ठूलो परिमाणमा बरामद गरेको लागुऔषध गाजा नष्ट गर्ने कार्यलाई शनिबार पनि निरन्तरता दिएको छ । 
    प्रहरीले शनिबार १३ क्विन्टल ९६ केजी गाजा राजविराज १५ स्थित खाडो खोला किनारमा नष्ट गरेको छ । अघिल्लो दिन शुक्रबार पनि प्रहरीले सोही स्थानमा २४ क्विन्टल गाजा जलाएर नष्ट गरेको थियो । दुई दिनको अवधीमा प्रहरीले ३८ क्विन्टल १५ केजी गाजा जलाएर नष्ट गरिसकेको छ ।   
    उक्त गाजाहरु तस्करीका लागि गाडीमा राखेर लैजादै गरेको अवस्थामा प्रहरीले विभिन्न मितिमा सप्तरीको बोदेबरसाइन नगरपालिका र बलानबिहुल गाउँपालिका क्षेत्रबाट बरामद गरेको थियो ।  
    बरामद गाजा ठूलो परिमाणमा रहेकाले जनस्वास्थ्यको ख्याल गरि मानव बस्तिबाट टाढा एकान्त स्थलमा पु¥याई जलाएर नष्ट गर्न थालिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाको भनाई छ । 
    जिल्ला प्रहरी कार्यालय र सप्तरी जिल्ला अदालतका प्रतिनिधी, स्थानीय जनप्रतिनिधि र संचारकर्मीको रोहबरमा उक्त गाजाहरु नष्ट गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी