सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट 

राजविराज राजविराज
|
शनिबार, चैत्र ९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट 

सारांश

  •     प्रहरीले शनिबार १३ क्विन्टल ९६ केजी गाजा राजविराज १५ स्थित खाडो खोला किनारमा नष्ट गरेको छ ।
  • अघिल्लो दिन शुक्रबार पनि प्रहरीले सोही स्थानमा २४ क्विन्टल गाजा जलाएर नष्ट गरेको थियो ।
  • दुई दिनको अवधीमा प्रहरीले ३८ क्विन्टल १५ केजी गाजा जलाएर नष्ट गरिसकेको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।

    सप्तरी प्रहरीले दुई महिनाको अवधीमा जिल्लाको विभिन्न स्थानबाट ठूलो परिमाणमा बरामद गरेको लागुऔषध गाजा नष्ट गर्ने कार्यलाई शनिबार पनि निरन्तरता दिएको छ । 
    प्रहरीले शनिबार १३ क्विन्टल ९६ केजी गाजा राजविराज १५ स्थित खाडो खोला किनारमा नष्ट गरेको छ । अघिल्लो दिन शुक्रबार पनि प्रहरीले सोही स्थानमा २४ क्विन्टल गाजा जलाएर नष्ट गरेको थियो । दुई दिनको अवधीमा प्रहरीले ३८ क्विन्टल १५ केजी गाजा जलाएर नष्ट गरिसकेको छ ।   
    उक्त गाजाहरु तस्करीका लागि गाडीमा राखेर लैजादै गरेको अवस्थामा प्रहरीले विभिन्न मितिमा सप्तरीको बोदेबरसाइन नगरपालिका र बलानबिहुल गाउँपालिका क्षेत्रबाट बरामद गरेको थियो ।  
    बरामद गाजा ठूलो परिमाणमा रहेकाले जनस्वास्थ्यको ख्याल गरि मानव बस्तिबाट टाढा एकान्त स्थलमा पु¥याई जलाएर नष्ट गर्न थालिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाको भनाई छ । 
    जिल्ला प्रहरी कार्यालय र सप्तरी जिल्ला अदालतका प्रतिनिधी, स्थानीय जनप्रतिनिधि र संचारकर्मीको रोहबरमा उक्त गाजाहरु नष्ट गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?