लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण

राजविराज राजविराज
|
शुक्रबार, आषाढ २५, २०७८
|
|
२३ पटक हेरिएको
Shares
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण

सारांश

  •     मधेशी आयोग ललितपुरद्वारा आयोजित कार्यक्रममा बिद्यार्थीहरूलाई लोकसेवामा कसरी प्रबेश गराउने अभिप्रायले युवालाई सशक्त बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
  •       मधेशी आयोगका सदस्य आभासेतु सिँहले मधेशी समुदायको हकहितको संरक्षण र सम्बर्धन तथा समुदायको सशक्तीकरणका लागि आयोजना गरिएको चेतनामुलक कार्यक्रमवाट  बिद्यार्थीहरूलाई लोकसेवाप्रति उत्प्रेरणा जगाउन ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन ।
  •     मधेशी समुदायको पहिचानका सम्बन्धमा बिस्तृत अध्ययन र अनुसन्धान गरी थर सुचिकृत गर्न सरकारलाई सिफारिस सँगै बिधमान कुरिति, अन्धबिश्वास तथा सबै प्रकारका शोषणको अन्त्य गर्न र मधेशी समुदायको सशक्तीकरणको लागि कार्यक्रम गर्दै आएको बताईन ।

दैनिक समाचारदाता
राजविराज, २४ असार । 
    मधेशी आयोगले मधेशी समुदायको सशक्तीकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम बिहीबार राजविराजमा आयोजना गरेको छ ।
    मधेशी आयोग ललितपुरद्वारा आयोजित कार्यक्रममा बिद्यार्थीहरूलाई लोकसेवामा कसरी प्रबेश गराउने अभिप्रायले युवालाई सशक्त बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाएको छ । 
    मधेशी आयोगका सदस्य आभासेतु सिँहले मधेशी समुदायको हकहितको संरक्षण र सम्बर्धन तथा समुदायको सशक्तीकरणका लागि आयोजना गरिएको चेतनामुलक कार्यक्रमवाट  बिद्यार्थीहरूलाई लोकसेवाप्रति उत्प्रेरणा जगाउन ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन ।
    मधेशी समुदायको पहिचानका सम्बन्धमा बिस्तृत अध्ययन र अनुसन्धान गरी थर सुचिकृत गर्न सरकारलाई सिफारिस सँगै बिधमान कुरिति, अन्धबिश्वास तथा सबै प्रकारका शोषणको अन्त्य गर्न र मधेशी समुदायको सशक्तीकरणको लागि कार्यक्रम गर्दै आएको बताईन ।
    मधेशी समुदाय भित्र आर्थिक वा सामाजिक रूपमा पछाडी परेका ब्यक्तीको बिकास र सशक्तीकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्न अधिकार तोकेको बताईन ।
    सो अवसरमा प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले लोकसेवा सम्बन्धी जानकारीमुलक कार्यक्रमले बिद्यार्थीहरूलाई सार्वजनिक सेवामा प्रवेशमा ठुलो टेवा पुग्ने बताए ।
    यसैगरी उक्त कार्यक्रममा खडग नगरपालिका प्रमुख प्रशासकिय अधिकृत निरज देवले लोकसेवा पास गर्नका लागि दिनरात लगनशिल भएर सकरात्मक सोच बनाएर अगाडी बढे सफलता हासिल गर्न सकिनेमा जोड दिए ।
    सो अवसरमा जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरिक्षक माधव प्रसाद काफ्ले, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अबधेश झा, अधिकारकर्मी जंगबहादुर सिँह, मधेशी आयोगका शाखा अधिकृत बिना शर्मा लगायत बिद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै 
फेरि त्रिविमा विद्यार्थी बढे
प्रदेश एन्फा छनौटका लागि सप्तरीबाट ३० खेलाडी चयन
प्रदेश एन्फा छनौटका लागि सप्तरीबाट ३० खेलाडी चयन
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
पचहत्तर शैय्याको कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास
पचहत्तर शैय्याको कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
आप्रवासी कामदार हकहित संरक्षण  केन्द्र सप्तरी कार्यालयको उदघाटन
आप्रवासी कामदार हकहित संरक्षण  केन्द्र सप्तरी कार्यालयको उदघाटन
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण