पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 

राजविराज राजविराज
|
बुधबार, बैशाख ३, २०८२
|
|
११६ पटक हेरिएको
Shares
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 

सारांश

  •     मृतककी आमा रामवती देवी रामले बुधवार इलाका प्रहरी कार्यालय कडेरबोनामा ज्यान सम्बन्धि कसुरमा जाहेरी दिएकी हुन् ।
  •       सोही वडा निवासी नागेन्द्रं रामकी १८ वर्षिया छोरी पूजा मंगलवार विहान ७ बजेतीर घरबाट ५ सय मिटरको दुरीमा अवस्थित कुसुम लाल साहको पोखरी किनारमा मृत अवस्थामा फेला परेकी थिइन ।
  • घाँसपातले छोपिएको अवस्थामा उनको शव फेला परेकोले हत्याको आशंका प्रहरीले समेत गरेका छन ।

दैनिक समाचारदाता
राजविराज, ३ वैशाख ।

    सप्तरीको सुरुङ्गा नगरपालिका ७ तीनगछियास्थित पोखरी किनारमा मृत भेटिएकी १८ वर्षिया पूजा कुमारी रामको हत्या भएको भन्दै परिवारजनले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् । 
    मृतककी आमा रामवती देवी रामले बुधवार इलाका प्रहरी कार्यालय कडेरबोनामा ज्यान सम्बन्धि कसुरमा जाहेरी दिएकी हुन् ।  
    सोही वडा निवासी नागेन्द्रं रामकी १८ वर्षिया छोरी पूजा मंगलवार विहान ७ बजेतीर घरबाट ५ सय मिटरको दुरीमा अवस्थित कुसुम लाल साहको पोखरी किनारमा मृत अवस्थामा फेला परेकी थिइन । घाँसपातले छोपिएको अवस्थामा उनको शव फेला परेकोले हत्याको आशंका प्रहरीले समेत गरेका छन । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले घाँसपातले छोपेर राखिएको अवस्थामा पूजाको शव भेटिएकाले हत्याको आशंका गरीए पनि पोस्टमार्टम रिर्पाेट आएपछि मात्र मृत्युको यकिन कारण भन्न मिल्ने जनाएका छन । पुजाको शव पोस्टमार्टका लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याई घटनाबारे सुक्ष्म अनुसन्धान भईरहेको उनको भनाई छ । 
    पुजाले लगाउने एउटा चप्पल घरको गेट नजिकै तथा अर्काे चप्पल सय मिटरको दुरीमा फेला परेको छ । जसकारण कसैले घरबाट अपहरण गरी एकान्त स्थलमा पु¥याई हत्या पश्चात घाँसपातले छोपेर राखेको परिवारजनको दाबी छ । 
    घटना विवरण अनुसार मृतककी आमा रामवती नयाँ वर्ष सोमबारका दिन साँझ टोल मै भइरहेको अष्ट्याममा पुजापाठका लागी सहभागी हुन गएकी थिइन । घरमा छोरी पूजा र १२ वर्षिय छोरा विश्वजीत मात्रै थिए । अष्ट्याम सकेपछि अबेर राती घर फर्किदा विश्वजीत कोठामै सुुतिरहेको देखिएपनि पुजा भने वेपत्ता थिइन । रामवती तत्कालै छरछिमेकमा खोजतलास गरेकी थिइन । तर पुजा कतै फेला परिनन । 
    विहान पख वेपत्ता छोरीको खोजतलास गरि दिन आग्रहका लागी प्रंहरीमा जाने तयारीमा रहेकै बेला घाँसपातले छोपिएको अवस्थामा पूजाको मृत शरिर फेला परेको खबर सुनेपछी उनी बेहोश भइन । स्थानीय कसै कसैले पिसाब फेर्न निस्कदा रातीको समयमा एक्लै रहेको मौका छोपी गलत मनसायले अपहरण गरी पोखरीको डिलमा पु¥याई अपराधीले हत्या गरेको आशंका समेत ब्यक्त गरेका छन । 
    अनुसन्धानको क्रममा प्रहरीले मधेश प्रदेशको केनाई शाखा लालगढबाट डगस्क्वाड (तालिम प्राप्त कुकुर) ल्याएर त्यसको प्रयोग समेत गरेको छ । त्यसबाट पनि केही संकेत फेला परेको हुन सक्ने अनुमान गरीए पनि अनुसन्धान जारी रहेकाले पोस्टमार्टम रिर्पाेट र अनुसन्धान सकिएपछि सबै सत्य तथ्य सार्वजनिक गरिने प्रहरीको भनाइ छ । मजदुरी पेशमा संलग्न मृतकका वुआ नागेन्द्र अहिले रोजगारीका सिलसिलमा विदेशमा छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिटौरी र ब्लक जग्गाको समस्या समाधान  गर्नु आवश्यक ः राष्ट्रिय मुक्ति पार्टी 
बिटौरी र ब्लक जग्गाको समस्या समाधान  गर्नु आवश्यक ः राष्ट्रिय मुक्ति पार्टी 
योग दिवस मनाइयो
योग दिवस मनाइयो
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
मधेश प्रदेश क्रिकेट छनोट खेलमा सिरहा र धनुषा बिजयी
मधेश प्रदेश क्रिकेट छनोट खेलमा सिरहा र धनुषा बिजयी
छात्रवृत्तिको रकमबाट विद्यार्थीलाई पोशाक बितरण
छात्रवृत्तिको रकमबाट विद्यार्थीलाई पोशाक बितरण
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी