दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका सात क्रियाशिल राजनीतिक दलहरुको मोर्चाले नगर प्रमुख जितेन्द्र प्रसाद गुप्तामाथी विभिन्न आरोप लगाउँदै छानवीन र कारवाही माग गरेका छन् ।
सात राजनीतिक दलहरुले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि सो माग गरेका हुन् । ती दलका नगर अध्यक्ष एवं प्रतिनिधिहरुले नगर प्रमुख गुप्तामाथी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
नेपाली काँग्रेसका नगरसभापती सुरेन्द्र गुप्ता, नेकपा एमाले नगरअध्यक्ष श्रीनारायण चौधरी, जसपा नगरअध्यक्ष सरोज कुमार चौधरी, लोसपा नगरअध्यक्ष मो.याकुव राईन, राप्रपाका जिल्ला अध्यक्ष उम्देश्वर साह, जनमत पार्टीका केन्द्रिय सदस्य मदनेश चौधरी तथा नेकपा माओवादी केन्द्रका स्थानीय नेता सुकदेव साहको संयुक्त हस्ताक्षरित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई बुझाइएको हो ।
ज्ञापन पत्रमा लोसपा नेता मो.याकुव राईनमाथी नगर प्रमुख गुप्ताको प्रत्यक्ष संलग्नतामा दुव्र्यहार भएको आरोप लगाउदै सो घट्नाको छानवीन गरी दोषीमाथी कारवाहीको माग गरिएको छ ।
मोर्चाले आ.ब.२०७८÷०७९ मा नगरपालिकाबाट असार २५ सम्म संचालित सबै योजनाहरुको प्रगति प्रतिवेदन सार्वजनिक गर्न, कोभिड पीडित विपन्न परिवारलाई अविलम्ब सरकारबाट प्राप्त सहयोग १० हजारका दरले राहत रकम प्रदान गर्न, आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न तथा मधेश प्रदेश सरकारको सहयोगमा वडा २, ४, ९ र १२ मा संचालित योजना र सडक बोर्डको योजनाहरुको छानवीनको समेत माग गरिएको छ ।
यस्तै सात दलिय मोर्चाले पत्रकार सम्मेलन गरी नगर प्रमुख गुप्ताले योजना तर्जुमा, उपभोक्ता समिती गठन, अनुगमन, मुल्याँकन जस्ता कार्यमा प्रत्यक्ष हस्तक्षेप गरी मनपरी ढंगले काम गरिरहेको आरोप लगाएका छन् ।
सोही विषयलाई लिएर विरोध गर्न जाँदा असार २५ गते राती ९ बजे तीर नगरपालिका परिसर भित्रै नगरप्रमुख गुप्ताको प्रत्यक्ष संलग्नतामा आफुमाथी कुटपिट भएको पत्रकार सम्मेलनमा लोसपाका स्थानीय नेता मो.याकुव राइनले आरोप लगाएका छन् । जसपाका केन्द्रीय सदस्य विनोद चौधरीले मो. याकुवमाथी कुटपिट गर्ने घट्नामा संलग्न भएकाहरुलाई पक्राउ गरी कारवाही गर्नू पर्ने माग गरे ।
सात दलिय मोर्चाले उक्त ज्ञापन पत्रको बोधार्थ मधेश प्रदेश मुख्यमन्त्रिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई समेत दिइएको छ ।
यता नगर प्रमुख गुप्ताले भने घट्नाका बेला आफु कार्यालयमा नरहेको बताउँदै राती अवेरसम्म बसेर काम गरिरहेका कर्मचारीलाई धम्क्याउदै लोसपा नेता मो.याकुव राईनको नेतृत्वमा पुगेको विपक्षीहरुले काम गर्न नदिएको तथा गाली गलौजमा उत्रिएपछि सेवाग्राहीहरुले नै सामान्य प्रतिकार गरेको दाबी गरेका छन् ।
उनले असार २५ गते राती १२ बजेपछि सरवर डाउन हुने भनी सरकारले नै जानकारी दिएको आधारमा दिनरात खटेर काम भईरहेको बेला कर्मचारीहरुलाई गाली गलौजसहित राती किन काम गर्छस भन्दै पुर्वाग्राही भएर विपक्षीहरुले काममा बाधा पु¥याएको बताए । केही शिर्षकको रकम समेत फ्रिज हुने अवस्था आएको उनको भनाई छ । उनले नगरपालिकामा जडान गरिएको सिसी टिभि क्यामराको फुटेजहरु हेर्दा सबै सत्यतथ्य आफै उजागर हुने दाबी समेत गरे ।
प्रमुख गुप्ताले विपक्षीहरुको असहयोग र अवरोधका कारण कोभिड पीडित ९ सय २६ जनाका लागी आएको ९२ लाख ६० हजार रुपैया फ्रिज समेत हुन पुगेको जानकारी दिए । आपुृmले कार्यभार सम्हालेको २ महिना पनि नपुगेको बताउदै उनले वस्तुस्थिती अध्ययन गरिरहेकै बेला आफुमाथी विपक्षीहरुद्वारा लगाइएको आरोप सत्य नरहेको जिकिर गरेका छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गुप्ता नेकपा एकिकृत (समाजवादी)को तर्फबाट उम्मेदवार भई नगर प्रमुख पदमा निर्वाचित भएका हुन् ।
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता
सारांश
- सात राजनीतिक दलहरुले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि सो माग गरेका हुन् ।
- ती दलका नगर अध्यक्ष एवं प्रतिनिधिहरुले नगर प्रमुख गुप्तामाथी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
- नेपाली काँग्रेसका नगरसभापती सुरेन्द्र गुप्ता, नेकपा एमाले नगरअध्यक्ष श्रीनारायण चौधरी, जसपा नगरअध्यक्ष सरोज कुमार चौधरी, लोसपा नगरअध्यक्ष मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया