घरेलु मदिरा र उत्पादन गर्ने भट्टी नष्ट गर्दै प्रहरी

राजविराज राजविराज
|
शनिबार, पौष १२, २०७६
|
|
३६ पटक हेरिएको
Shares
घरेलु मदिरा र उत्पादन गर्ने भट्टी नष्ट गर्दै प्रहरी

सारांश

  •     घरेलु मदिरा उत्पादनकर्तालाई जरिवानासहितको कारवाही गर्न थालेपछि यसको विक्रि बितरण तथा उत्पादनमा कमी आएको उनको दाबी छ ।
  •       समाजमा हुने अधिकांश अपराधिक घटना मदिराजन्य पदार्थ सेवन कै कारण भएको पाइएकोले त्यसको उत्पादनलाई निरुत्साहित गर्न अभियान थालिएको उनको भनाई छ ।
  • घरेलु मदिरा सस्तो र सजिलै पाउने भएकाले यसको सेवनबाट मातिएकाहरुले अपराधिक घटना घटाएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

    राजविराज÷सप्तरी प्रहरीले समाजमा बढ्दै गएको चोरी, झगडा लगायतको अपराधिक घटना न्युनिकरणका साथ साथै घरेलु मदिरा नियन्त्रण तथा मदिरा भट्टी नष्ट गर्ने कार्यलाई समेत निरन्तरता दिएको छ । 
    एक महिना यता राजविराज नगरपालिकाका विभिन्न वडाका साथै, बोदेबसाईन नगरपालिका, खडक नगरपालिका, अग्निसाईर कृष्णासवरण गाउँपालिका लगायतका स्थानमा रहेका दुई दर्जन भन्दा बढी मदिरा भट्टीबाट ५ हजार लिटर भन्दा बढी घरेलु तयारी मदिरा तथा कच्चा पदार्थ नष्ट गरिनुका साथै मदिरा बनाउन प्रयोग गरिने उपकरण तथा भाडाकुँडा ठूलो परिमाणमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    घरेलु मदिराका कारण घरेलु हिंसा, लुटपाट, दुर्घटना, चोरी, झगडा, बलात्कार, सामाजिक परिवारीक कलह लगायतका अपराधजन्य घटना बढेपछि घरेलु मदिरा नियन्त्रण अभियान कै रुपमा संचालन गरिएको सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । 
    घरेलु मदिरा उत्पादनकर्तालाई जरिवानासहितको कारवाही गर्न थालेपछि यसको विक्रि बितरण तथा उत्पादनमा कमी आएको उनको दाबी छ । 
    समाजमा हुने अधिकांश अपराधिक घटना मदिराजन्य पदार्थ सेवन कै कारण भएको पाइएकोले त्यसको उत्पादनलाई निरुत्साहित गर्न अभियान थालिएको उनको भनाई छ । घरेलु मदिरा सस्तो र सजिलै पाउने भएकाले यसको सेवनबाट मातिएकाहरुले अपराधिक घटना घटाएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
    घरेलु मदिराले समाजमा नकारात्मक प्रभाव पार्नुका साथै राजश्व छलि बढेकोले पनि अवैध रुपमा घरेलु मदिारा उत्पादन गर्नेलाई अब कुनै छुट नदिने उनले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना माहामारीलाई ध्यानमा राख्दै जिप्रका  सप्तरीद्वारा कार्य सम्पादनमा फेरबदल
कोरोना माहामारीलाई ध्यानमा राख्दै जिप्रका  सप्तरीद्वारा कार्य सम्पादनमा फेरबदल
शौचालयमा बन्दी मृत फेला 
शौचालयमा बन्दी मृत फेला 
एपिएफ विद्यालयमा प्रधानाध्यापकको  राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
एपिएफ विद्यालयमा प्रधानाध्यापकको  राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै 
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै 
धरानबाट फैलिएको डेंगु रोग इनरुवा हुँदै सप्तरीमा 
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
सप्तरीमा दुई संक्रमितको उपचारका क्रममा मृत्यु
सप्तरीमा दुई संक्रमितको उपचारका क्रममा मृत्यु
स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढी गरि, असहाय लाभान्वित
स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढी गरि, असहाय लाभान्वित
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
एसईइको सर्टिफिकेट नदिएको  भन्दै विद्यालयलमा तालाबन्दी 
एसईइको सर्टिफिकेट नदिएको  भन्दै विद्यालयलमा तालाबन्दी