विद्युत चुहावट नियन्त्रणको टोली घरमा पुग्दा त्रासका कारण महिलाको मृत्यु

राजविराज राजविराज
|
बुधबार, पौष ११, २०७५
|
|
२६ पटक हेरिएको
Shares
विद्युत चुहावट नियन्त्रणको टोली घरमा पुग्दा त्रासका कारण महिलाको मृत्यु

सारांश

  •     सप्तरीको राजगढ गाउँपालिका २ बनैनियाँ कमलपुरकी ४५ वर्षिया सबिता झाको विद्युत चुहावट नियन्त्रण टोलीले चेकजाँच गर्न बिहान ५ बजे घरमा पुगे लगत्तै मृत्यु भएको मृतकका छोरा आनन्द झाले बताएका छन् ।
  •       विद्युत प्राधिकरणका कर्मचारी तथा प्रहरीको संयुक्त टोलीले विद्युत चोरी भएको सूचनाको आधारमा मंगलबार विहान स्थानिय अनिल झाको घरमा पुगे लगत्तै उनकी ४२ बर्षिया पत्नी सबिता झाको मृत्यु भएको जनाइएको छ ।
  •       मृतकका पति अनिलसँगै घरको बरण्डा (दलान) मा सुती रहेकी सवितालाई टोलीले विद्युत मिटर देखाउन र मिटर चेकजाँच गर्न भने लगत्तै सविता डराई तत्कालै ओछ्यानबाट लडेको छोरा आनन्दको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १० पुस । 
    जिल्लामा बढ्दै गएको विद्युत चुहावटलाई नियन्त्रण गर्न नेपाल विद्युत प्राधिकरण वितरण शाखा राजविराजले चलाएको अभियानका क्रममा मंगलबार बिहान विद्युत चुहावट नियन्त्रण टोलीले चेकजाँच गर्न घरमा पुगे लगत्तै सप्तरीमा एक महिलाको मृत्यु भएको छ । 
    सप्तरीको राजगढ गाउँपालिका २ बनैनियाँ कमलपुरकी ४५ वर्षिया सबिता झाको विद्युत चुहावट नियन्त्रण टोलीले चेकजाँच गर्न बिहान ५ बजे घरमा पुगे लगत्तै मृत्यु भएको मृतकका छोरा आनन्द झाले बताएका छन् । 
    विद्युत प्राधिकरणका कर्मचारी तथा प्रहरीको संयुक्त टोलीले विद्युत चोरी भएको सूचनाको आधारमा मंगलबार विहान स्थानिय अनिल झाको घरमा पुगे लगत्तै उनकी ४२ बर्षिया पत्नी सबिता झाको मृत्यु भएको जनाइएको छ । 
    मृतकका पति अनिलसँगै घरको बरण्डा (दलान) मा सुती रहेकी सवितालाई टोलीले विद्युत मिटर देखाउन र मिटर चेकजाँच गर्न भने लगत्तै सविता डराई तत्कालै ओछ्यानबाट लडेको छोरा आनन्दको भनाई छ ।
    यसैबीच प्रहरीले सविता पहिला देखि नै मुटु रोगी रहेको भन्ने जानकारी आएको भन्दै उनीमाथि तर्साउने, हकार्नेकाम नगरिएको दाबी गरे । यस्तै नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्रका प्रमुख चन्द्र नारायण साहले घटनाको बारेमा अनुसन्धान गरी दोषीमाथि कार्यवाही गरिने सर्तमा मृतकका आफन्तजनले सहमति गरेको बताए । 
    यता गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले विद्युत चुहावट नियन्त्रणका लागि स्थानिय निकायसँग समन्वयमा मात्र टोली परिचालन गर्नका साटो आक्रमक शैलीमा आएर जनतालाई डरत्रास देखाउने कार्य निन्दनीय रहेको बताए । उनले यस्ता प्रवृतिप्रति गाउँलेहरुको आपत्ति रहेको बताउँदै मृतकका परिवारजनलाई क्षतिपुर्तिका लागी दवाव समेत दिएको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा आत्महत्याका घटना बढ्दै, दुई महिलाको झुण्डिएको अवस्थामा शव फेला
सप्तरीमा आत्महत्याका घटना बढ्दै, दुई महिलाको झुण्डिएको अवस्थामा शव फेला
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
हुकिङ गरि विद्युत चोरी गर्ने ९ जना कारवाहीमा
हुकिङ गरि विद्युत चोरी गर्ने ९ जना कारवाहीमा