सप्तरी प्रहरीद्वारा एक हजार पाँच सय किलो मरिच बरामद 

राजविराज राजविराज
|
मंगलबार, जेठ ७, २०७६
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  •     स.
  • १ज.
  • ४४८ नं.

दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
    गोप्य सूचनाको आधारमा भारततर्फ अबैध रुपमा निकासी गर्न भण्डारण गर्न लागेको अवस्थामा ६० बोरा मरिच सप्तरी प्रहरीले बरामद गरेको छ । 
    स.१ज. ४४८ नं. को टाटा पिकअप गाडीमा कालो मरिच लोड गरी जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका ३ पोर्ताहा स्थित सरिफ रहमानले संचालन गर्दै आएको कवाडी पसल भित्र भण्डारण गरिरहेको अवस्थामा प्रहरीले सो मरिच सोमबार बरामद गरेको हो ।  
    गाडीमा राखिएको मरिच भारदह क्षेत्रमा भित्राइने विषेश सूचना आएपछि सादा पोशाकमा परिचालित प्रहरीले सो मरिच कवाडी पसलबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त पिकअप गाडी सहित जिल्लाको रुपनी गाउँपालिका ५ निवासी भुपेन्द्र शर्मा समेतलाई नियन्त्रणमा लिएको जनाएको छ । 
    प्रहरीले अन्दाजी १३ लाख पाँच हजार मुल्य बराबरको २५ किलोको दरले ६० वटा बोरामा गरि १ हजार ५ सय किलो मरिच र टाटा पिकअप गाडीसहित इटहरी राजश्व कार्यालयमा बुझाएको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?