उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 

राजविराज राजविराज
|
बुधबार, कार्तिक २८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 

सारांश

  •     ब्रतालुहरुले बुधबार बिहान उदाउँदै सूर्यलाई अर्घ दिएपछि चार दिने पर्व सम्पन्न भएको हो ।
  •       यसअघि मंगलबार साँझ षष्ठी तिथिका दिन ब्रतालुहरुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए ।
  •       यसअघि आइतबार पर्वको पहिलो दिन नुहाई खुवाई, सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर तेश्रो र चौथो दिन अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिए ।

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक । 
    धार्मिक सहिषुणता र आपसी सुद्भावका लागि प्रसिद्ध लोकआस्थाको महापर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ । 
    ब्रतालुहरुले बुधबार बिहान उदाउँदै सूर्यलाई अर्घ दिएपछि चार दिने पर्व सम्पन्न भएको हो । 
    यसअघि मंगलबार साँझ षष्ठी तिथिका दिन ब्रतालुहरुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए । 
    यसअघि आइतबार पर्वको पहिलो दिन नुहाई खुवाई, सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर तेश्रो र चौथो दिन अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिए । खरनाकै दिनदेखी ब्रतालुहरुले निराहार ब्रत थालेका हुन् । 
    सूर्यलाई अर्घ दिएर ब्रतालुले आफ्ना परिवारको सुःख, शान्ति, समृद्धि र दिर्घायुको कामना गरे । यस अवसरमा सदरमुकाम राजविराजस्थित भगवती पोखरी, खर्साल पोखरी, कल्टु पोखरी, तुरन्ती पोखरी, पूर्णी पोखरी लगायतका जलाशय किनारमा दुई हजार भन्दा बढी पूजाघाट बनाइएको थियो । 
    यस्तै सप्तकोशी  ब्यारेजको पूर्वपट्टी नहर किनारमा झण्डै एक हजार बढी छठघाटमा ब्रतालुले सूर्यलाई अर्घ दिए । त्यहाँ सप्तरी, सुनसरीसहित भारत बिहारको सुपौल, अररिया, सहरसा र पूर्णिया लगायतका स्थानहरुबाट समेत ब्रतालुहरु आएर छठ पूर्जा गरे । 
    सूर्यदेव र षष्ठीदेवीको श्रद्धा र निष्ठापूर्वक उपासना गरिने छठ मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिन्छ । लोकआस्थाको छठ पर्व आपसी सद्भावको प्रतीक मानिन्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव
सामाजिक सद्भाव कायम राख्न आग्रह    
सामाजिक सद्भाव कायम राख्न आग्रह    
लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा
लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न
कोरोना संक्रमणका कारण ज्यान  गुमाउनेको संख्या पाँच पुग्यो, कोरोना निको हुनेको संख्या एक सय एक
कोरोना संक्रमणका कारण ज्यान  गुमाउनेको संख्या पाँच पुग्यो, कोरोना निको हुनेको संख्या एक सय एक
जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर