दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
चित्रगुप्त सेवा समितिको ४७ औ सधारण सभा शनिवारदेखि राजबिराजमा सुरू भएको छ ।
सधारण सभाको उदघाटन गर्दै मधेश प्रदेशको समाजिक बिकास मन्त्री नवलकिसोर साहले वर्तमान युग मातृशक्तिको युग रहेको भन्दै लोकसेवा पनि ५० प्रतिशत महिलालाई स्थान दिने ब्यबस्था प्रदेश सरकारले पास गरेको बताए ।
विगतको समय पुरुष प्रधान रहेपनि वर्तमान समय महिलाको रहेको भन्दै मन्त्री साहले शिक्षित महिलाले हरेक क्षेत्रमा पुरुष सरह काम गरेर देखाउन सक्ने जिकिर गरे । उनले जातिय संस्कृतिको जगेर्ना र सामाजिक विकास निर्माण कार्यमा अग्रपंक्तिमा रहेर उक्त समितिलाई आफ्नो व्यक्तिगत र प्रदेश सरकारको तर्फबाट पनि हरसम्भव सहयोग रहने प्रतिबद्धता समेत जनाए ।
उनले समुदायलाई फाइदा पुग्ने योजनाहरु ल्याउन आग्रह गर्दै प्रदेश सरकारको तर्फबाट २५ लाख रुँपैयासम्म सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
समितिका अध्यक्ष अशोक कर्णको अध्यक्षतमा आयोजित उद्घाटन समारोहमा प्रदेश सभा सदस्य मनिष सुमन, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, लोसपाका दिपेन्द्र चौधरी, नेपाली काँग्रेसका धु्रब देव, मैथिलि साहित्य परिषद्का पूर्वअध्यक्ष देवेन्द्र मिश्रलगायतले जातिय उत्थानसँगै शिक्षा क्षेत्रमा समितिले गरेको योगदानको प्रशंसा गर्दै साधारणसभाको सफलताको शुभकामना दिए ।
कार्यक्रममा चित्रगुप्त सेवा समितिद्वारा निर्माण भइरहेको धर्मशालाका लागि सहयोग गर्ने प्रदेशसभा सदस्य मनिष सुमन, स्थानियवासी राजेश कर्ण, सुरतलाल साह, प्रिया कर्ण, राजिव कर्ण, संजय कर्ण, निर्मलादेवी भगत लागयतका दाताहरुलाई मन्त्री साहले कदरपत्र र दोसल्लाबाट सम्मान गरे ।
कार्यक्रममा समितिका महासचिव सतिश दत्तले वार्षिक प्रगति तथा कोषाध्यक्ष शिवकुमार निधीले कोषाध्यक्षीय प्रतिवेदन प्रस्तुत गरे । कलमजिवीका रूपमा स्थापित समुदायको उक्त संस्थाको चुनावी सधारण सभा समेत भएकाले बन्द सत्र सहित सभा दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ ।
वर्तमान युग मातृशक्तिको युग हो ः मन्त्री साह
सारांश
- सधारण सभाको उदघाटन गर्दै मधेश प्रदेशको समाजिक बिकास मन्त्री नवलकिसोर साहले वर्तमान युग मातृशक्तिको युग रहेको भन्दै लोकसेवा पनि ५० प्रतिशत महिलालाई स्थान दिने ब्यबस्था प्रदेश सरकारले पास गरेको बताए ।
- विगतको समय पुरुष प्रधान रहेपनि वर्तमान समय महिलाको रहेको भन्दै मन्त्री साहले शिक्षित महिलाले हरेक क्षेत्रमा पुरुष सरह काम गरेर देखाउन सक्ने जिकिर गरे ।
- उनले जातिय संस्कृतिको जगेर्ना र सामाजिक विकास निर्माण कार्यमा अग्रपंक्तिमा रहेर उक्त समितिलाई आफ्नो व्यक्तिगत र प्रदेश सरकारको तर्फबाट पनि हरसम्भव सहयोग रहने प्रतिबद्धता समेत जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया