दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
५६ औं अन्र्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस आइतबार सप्तरीमा मनाइएको छ ।
दलित सरोकार मञ्च सप्तरीको आयोजना आयोजित कार्यक्रममा दलित विकास समिति प्रदेश नं.२ का सदस्य श्याम सरदारले दलित समुदायहरुलाई अहिले पनि गाउँघरमा छुवाछुतका घटनाहरु भईरहेकोले त्यस्ता घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिनु पर्ने बताएका छन् ।
उनले नेपालमा दलित समुदायहरुप्रति आर्थिक रुपले शोषित, समाजिक रुपले उत्पीडित, राजनीतिक रुपले उपेक्षित, शैक्षिक रुपले वञ्चित र धार्मिक रुपले संस्कृत रुपले अपहेलित भई दलितहरुलाई अमान्व्य रुपमा व्यवहार गरिरहेको बताए ।
सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख नरेश कुमार सिंहले नेपालको संविधान उल्लेख भए अनुसार छुवाछुत तथा विभेदहरु अन्त्य भईसकेकाले कसैले छुवाछुत गरेको पाइएमा प्रहरीसमक्ष उजुरी दिन आग्रह गरे । त्यस्ता उजुरीमाथी कानून बमोजिम कारवाहीका लागि प्रहरी सदैव तयार रहेको समेत बताए ।
सो कार्यक्रममा दलित सरोकार मञ्च सप्तरीका कार्यकारी निर्देशक एवं अनुसन्धानकर्ता भोला पासवानले अन्तराष्ट्रिय भेदभाव उन्मुलन दिवस १९७१ मा नेपालमा लागु बताउदैं जातिय छुवाछुत लगायत कुनै किसिमको अपराध हेरेर नहेरेको जस्तो गर्नु हुन्छ र सहनु हुन्छ भन्ने त्यो पनि कानूनको ठुलो उलंघन भएको बताए ।
दलित सरोकार मञ्च सप्तरीका कार्यकारी निर्देशक एवं अनुसन्धानकर्ता भोला पासवानको अध्यक्षता एवं दलित विकास समिति प्रदेश नं.२ का सदस्य श्याम सरदारको प्रमुख अथितिमा सम्पन्न कार्यक्रममा मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले स्वागत मत्व्य गरेका थिए भने मञ्चकी कार्यक्रम सहायक अनिता कुमारी खंग कार्यक्रम सञ्चालन गरेका थिए ।
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
सारांश
- दलित सरोकार मञ्च सप्तरीको आयोजना आयोजित कार्यक्रममा दलित विकास समिति प्रदेश नं.
- २ का सदस्य श्याम सरदारले दलित समुदायहरुलाई अहिले पनि गाउँघरमा छुवाछुतका घटनाहरु भईरहेकोले त्यस्ता घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिनु पर्ने बताएका छन् ।
- उनले नेपालमा दलित समुदायहरुप्रति आर्थिक रुपले शोषित, समाजिक रुपले उत्पीडित, राजनीतिक रुपले उपेक्षित, शैक्षिक रुपले वञ्चित र धार्मिक रुपले संस्कृत रुपले अपहेलित भई दलितहरुलाई अमान्व्य रुपमा व्यवहार गरिरहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया