दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
प्रदेश २ मा ६ महिनाको अवधीमा ७७ वटा बलात्कारका घटना भएको तथ्याङ्क प्रस्तुत गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्ध शान्तिकालागि सञ्जाल अभियान (कोक्याप) र सेतु सामूदायिक तथा मानव अधिकार मञ्च (सेकडिहुरफ) ले संयुक्त रुपमा बुधबार आयोजना गरेको लैङ्गिक हिंसा विरुद्ध प्रदेशस्तरीय महाभेला कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
कार्यक्रममा तथ्याङ्क प्रस्तुत गर्दै कोक्यापका प्रदेश २ संयोजक अजय कुसवाहाले सन २०१९ जनवरीदेखि जूनसम्म प्रदेश २ मा १ सय ४१ वटा लैङ्गिक हिंसाका घटना, ३३ जनाको मृत्यु र ५० जना घाइते भएको जानकारी दिएका छन् ।
पितृसत्तात्मक पारीवारिक संरचना, वाल विवाह तथा दाइजो, शक्ति र सम्पतिमाथिको महत्वाकांक्षा, वैदेशिक रोजगारी लगायतका कारण लैङ्गिक हिंसाका घटनामा पनि वृद्धि भएको उनले जिकिर गरे ।
सो कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश २ का प्रमुख तिलक परियारले लैङ्गिक हिंसामा कमी ल्याउन राजनीतिक पार्टी तथा तीनका कार्यकर्ताले प्रतिवद्धता जाहेर गर्नुपर्ने, राज्य पक्षले इमान्दारीकासाथ जिम्मेवारी वहन गर्नुपर्ने अनि यस क्षेत्रमा क्रियाशिल संघ संस्थाले पहि सहयोग गरे मात्रै यो समस्या न्यूनिकरण हुने बताए ।
सोही कार्यक्रममा नेकपाका नेता तथा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले सामन्ती संस्कृतिले सवैभन्दा बढी प्रदेश २ मै जकडिएको कारणले लैङ्गिक हिंसा पनि सोही कारणले बढेको तर्क प्रस्तुत गरे ।
सेकडिहुरफका अध्यक्ष जंगबहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्च प्रदेश २ की अध्यक्ष आभासेतु सिंहले वैदेशिक रोजगारी तथा कानूनको दुरुपयोगले लैङ्गिक हिंसा बढेको कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी केन्द्रिय सदस्य पूनम यादव, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का निर्देशक विरबहादुर बुढामगर, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं लगायतले पनि लैङ्गिक हिंसा वृद्धिका कारण र समाधानका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
६ महिनामा ७७ बलात्कारका घटना
सारांश
- लैङ्गिक हिंसा विरुद्ध शान्तिकालागि सञ्जाल अभियान (कोक्याप) र सेतु सामूदायिक तथा मानव अधिकार मञ्च (सेकडिहुरफ) ले संयुक्त रुपमा बुधबार आयोजना गरेको लैङ्गिक हिंसा विरुद्ध प्रदेशस्तरीय महाभेला कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
- कार्यक्रममा तथ्याङ्क प्रस्तुत गर्दै कोक्यापका प्रदेश २ संयोजक अजय कुसवाहाले सन २०१९ जनवरीदेखि जूनसम्म प्रदेश २ मा १ सय ४१ वटा लैङ्गिक हिंसाका घटना, ३३ जनाको मृत्यु र ५० जना घाइते भएको जानकारी दिएका छन् ।
- पितृसत्तात्मक पारीवारिक संरचना, वाल विवाह तथा दाइजो, शक्ति र सम्पतिमाथिको महत्वाकांक्षा, वैदेशिक रोजगारी लगायतका कारण लैङ्गिक हिंसाका घटनामा पनि वृद्धि भएको उनले जिकिर गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया