दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले सचेतनामूलक कार्यक्रमको आयोजना गरी सोमबार राजविराजमा नगर स्तरिय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।
गठित नगरस्तरिय समुहको अध्यक्षमा रघुवर साह, उपाध्यक्षमा गोविन्द कावरा, सचिवमा मनोज कुमार माझी, सहसचिवमा सिता देवी मण्डल र कोषाध्यक्षमा पुनम पोखरेलको सर्वसम्मतले भएका छन् ।
यस्तै सदस्यहरुमा राधा अर्याल, दिनानाथ यादव, मनोज झा, सोभा देव, उपेन्द्र मेहता, राजकुमार दास, कमलि उपाध्याय, सिता देवी यादव लगायत १६ जनालाई चयन गरिएको छ ।
इन्सेक प्रदेश नं. २ धनुषाको आयोजना तथा राजविराज नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रमको नगरप्रमुख शम्भु प्रसाद यादवले उद्घाटन गरेका थिए ।
नगरपालिकाको १६ वटै वडाको प्रतिनिधित्व हुने गरी गठन गरिएको समुहले शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका जनताको आधारभूत अधिकारबारे सर्वसाधारणलाई जागरुक बनाउने तथा जिम्मेवार निकायलाई जवाफदेही बनाउने काम गर्ने ईन्सेक प्रदेश २ का संयोजक राजु पासवानले जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख शाधना झा, ईन्सेक प्रदेश २ का कार्यक्रम संयोजक जागेश्वर यादव, ईन्सेकका केन्द्रिय सदस्य बैद्यनाथ झा, वडा अध्यक्षहरु सुदर्शन सिंह, चन्द्रशेखर चौधरी, समिर झा, जय नारायण मण्डल, बेचु दास लगायतको उपस्थिति रहेको थियो ।
मानव अधिकार समूहको गठन
सारांश
- गठित नगरस्तरिय समुहको अध्यक्षमा रघुवर साह, उपाध्यक्षमा गोविन्द कावरा, सचिवमा मनोज कुमार माझी, सहसचिवमा सिता देवी मण्डल र कोषाध्यक्षमा पुनम पोखरेलको सर्वसम्मतले भएका छन् ।
- यस्तै सदस्यहरुमा राधा अर्याल, दिनानाथ यादव, मनोज झा, सोभा देव, उपेन्द्र मेहता, राजकुमार दास, कमलि उपाध्याय, सिता देवी यादव लगायत १६ जनालाई चयन गरिएको छ ।
- इन्सेक प्रदेश नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया