मानव अधिकार समूहको गठन

राजविराज राजविराज
|
सोमबार, मंसिर २, २०७६
|
|
७२ पटक हेरिएको
Shares
मानव अधिकार समूहको गठन

सारांश

  •     गठित नगरस्तरिय समुहको अध्यक्षमा रघुवर साह, उपाध्यक्षमा गोविन्द कावरा, सचिवमा मनोज कुमार माझी, सहसचिवमा सिता देवी मण्डल र कोषाध्यक्षमा पुनम पोखरेलको सर्वसम्मतले भएका छन्  ।
  •       यस्तै सदस्यहरुमा राधा अर्याल, दिनानाथ यादव, मनोज झा, सोभा देव, उपेन्द्र मेहता, राजकुमार दास, कमलि उपाध्याय, सिता देवी यादव लगायत १६ जनालाई चयन गरिएको छ ।
  •       इन्सेक प्रदेश नं.

दैनिक समाचारदाता
राजविराज, २ मंसिर । 
    जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले सचेतनामूलक कार्यक्रमको आयोजना गरी सोमबार राजविराजमा नगर स्तरिय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । 
    गठित नगरस्तरिय समुहको अध्यक्षमा रघुवर साह, उपाध्यक्षमा गोविन्द कावरा, सचिवमा मनोज कुमार माझी, सहसचिवमा सिता देवी मण्डल र कोषाध्यक्षमा पुनम पोखरेलको सर्वसम्मतले भएका छन्  । 
    यस्तै सदस्यहरुमा राधा अर्याल, दिनानाथ यादव, मनोज झा, सोभा देव, उपेन्द्र मेहता, राजकुमार दास, कमलि उपाध्याय, सिता देवी यादव लगायत १६ जनालाई चयन गरिएको छ । 
    इन्सेक प्रदेश नं. २ धनुषाको आयोजना तथा राजविराज नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रमको नगरप्रमुख शम्भु प्रसाद यादवले उद्घाटन गरेका थिए । 
    नगरपालिकाको १६ वटै वडाको प्रतिनिधित्व हुने गरी गठन गरिएको समुहले शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका जनताको आधारभूत अधिकारबारे सर्वसाधारणलाई जागरुक बनाउने तथा जिम्मेवार निकायलाई जवाफदेही बनाउने काम गर्ने ईन्सेक प्रदेश २ का संयोजक राजु पासवानले जानकारी दिए । 
    कार्यक्रममा उपप्रमुख शाधना झा, ईन्सेक प्रदेश २ का कार्यक्रम संयोजक जागेश्वर यादव, ईन्सेकका केन्द्रिय सदस्य बैद्यनाथ झा, वडा अध्यक्षहरु सुदर्शन सिंह, चन्द्रशेखर चौधरी, समिर झा, जय नारायण मण्डल, बेचु दास लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगो ताप्ने क्रममा जलेर गम्भिर  घाईते भएकी महिलाको मृत्यु
आगो ताप्ने क्रममा जलेर गम्भिर  घाईते भएकी महिलाको मृत्यु
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ
विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु नगदसहित सम्मानित 
विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु नगदसहित सम्मानित 
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ