सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान

राजविराज राजविराज
|
शुक्रबार, जेठ ९, २०८२
|
|
१८ पटक हेरिएको
Shares
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान

सारांश

  •     गत वर्ष असार महिनाको १६ दिनको बक्यौता तलब पाउनु पर्ने माग राख्दै विहीवारदेखी राजविराज नगरपालिकाका सरसफाईकर्मीहरु काम बन्द गरी धर्नामा वसेका हुन ।
  •       नगरपालिका कार्यालयका योजना फाँटका अधिकृत मनोज यादवका कारण समयमा तलब पाउन नसकेको उनीहरुको गुनासो छ ।
  • सरसफाईकर्मीहरु काम छाडेर आन्दोलनमा उत्रेपछि नगरक्षेत्रको फोहर मैला व्यवस्थापन गर्न समस्या उत्पन्न हुने देखेर शुक्रवार कार्यवाहक नगर प्रमुख इसरत परवीनको पहलमा कार्यपालिकाको बैठकबाट निर्णय गरि उनीहरुको बाकी तलब तत्काल भुक्तानी गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ जेठ । 

    राजविराज नगरपालिकाका सरसफाई कर्मचारीहरु दुई दिन देखी काम बन्द गरी आन्दोलनमा उत्रेपछी नगरक्षेत्रको फोहर संकलन कार्य बन्द भएको छ । जसले गर्दा बजारक्षेत्र दुर्गन्धीत बन्न पुगेको छ । 
    गत वर्ष असार महिनाको १६ दिनको बक्यौता तलब पाउनु पर्ने माग राख्दै विहीवारदेखी राजविराज नगरपालिकाका सरसफाईकर्मीहरु काम बन्द गरी धर्नामा वसेका हुन । 
    नगरपालिका कार्यालयका योजना फाँटका अधिकृत मनोज यादवका कारण समयमा तलब पाउन नसकेको उनीहरुको गुनासो छ । सरसफाईकर्मीहरु काम छाडेर आन्दोलनमा उत्रेपछि नगरक्षेत्रको फोहर मैला व्यवस्थापन गर्न समस्या उत्पन्न हुने देखेर शुक्रवार कार्यवाहक नगर प्रमुख इसरत परवीनको पहलमा कार्यपालिकाको बैठकबाट निर्णय गरि उनीहरुको बाकी तलब तत्काल भुक्तानी गरिएको छ । तर तलब पाएपनि आन्दोलनरत सरसफाईकर्मीहरुले पुनः अर्काे माग राखी धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन । 
    सरसफाईकर्मी युनियनका अध्यक्ष मनोज मेहतरले योजना अधिकृत यादवले बेलैमा तलब खुवाउन असहयोग गरेको तथा धर्नामा वस्दा आफुहरुलाई गाली बेइज्जत गरेको गुनासो गर्दै निजलाई अन्यत्र सरुवा नगरे सम्म काममा नफर्कने अडान राखेका छन ।
    राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले योजना अधिकृत यादव कै कारण नरपालिकामा समस्या उत्पन्न हुने गरेको सुनाईन । उनले सरसफाईकर्मी संग मात्र नभई योजना अधिकृत यादवले आफुलाई समेत गाली बेइज्जत र कार्यालयमा उपद्रव मच्चाएको बताईन । 
    दुई दिन अघि अधिकृत यादवले केही बाहिरी गुण्डाहरु ल्याएर आप्mनो कार्यकक्षमा प्रवेश गरि तोडफोड र गाली गलौज गर्दै उपद्रव मच्याए पछी आफुले उनी विरुद्ध प्रहरीमा उजुरी दिएको समेत जानकारी दिइन । 
    उनले नगरपालिकाको प्रत्येक फाँटमा अनावश्यक हस्तक्षेप गर्ने र वेला वेलामा उपद्रव मचाई सेवा प्रवाहलाई प्रभावित बनाउने योजना अधिकृतलाई कारवाहीका लागी सम्बन्धित निकायमा पहल भईरहेको जानकारी समेत गराएकी छिन ।  
    उनले नगरपालिकाका सरसफाइ कर्मचारी काम छोडेर आन्दोलनमा उत्रेपछी बजार क्षेत्रका फोहर उठाउन समस्या भएको भन्दै समस्या समाधानका लागी आफुहरुले आवश्यक पहल गरिरहेको जानकारी समेत दिईन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?