जिवछ दास
राजविराज, १ माघ ।
छैठौं राष्ट्रिय योग दिवस राजविराजमा पनि मनाइएको छ । जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र राजविराजले कार्यालय परिसरमा योगाभ्यास तथा प्रवचन लगायतका कार्यक्रम गरि योग दिवस मनाएको हो ।
“योग गरौं डटेर, कोरोना जान्छ हटेर” मुल नाराका साथ सुरु भएको कार्यक्रममा सुरक्षा निकाय, स्वास्थ्य संस्था, नागरिक समाज, ब्रहमाकुमारी राजयोग सेवा केन्द्र लगायत विभिन्न संघ संस्थामा आवद्धहरुको सहभागिता रहेको थियो ।
आयूर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादवले कार्यक्रममा सहभागिहरुलाई योगको प्रशिक्षण दिनुका साथै यसको महत्व बारे जानकारी गराएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकराी शंकरहरि आचार्यले योगको प्रभाव जनस्तरमा बढाउन यस्ता कार्यक्रमले ठूलो मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।
योगले मनुष्यको तन र मन दुबै स्वास्थ्यका लागि विशेष महत्व राख्ने भएकाले केन्द्र परिसरमा विगत एकसाता देखी निशुल्क योग शिविर समेत संचालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. यादवले जानकारी दिए ।
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा योग दिवसमा योगाभ्यास तथा प्रवचन
सारांश
- “योग गरौं डटेर, कोरोना जान्छ हटेर” मुल नाराका साथ सुरु भएको कार्यक्रममा सुरक्षा निकाय, स्वास्थ्य संस्था, नागरिक समाज, ब्रहमाकुमारी राजयोग सेवा केन्द्र लगायत विभिन्न संघ संस्थामा आवद्धहरुको सहभागिता रहेको थियो ।
- आयूर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.
- शिवशंकर यादवले कार्यक्रममा सहभागिहरुलाई योगको प्रशिक्षण दिनुका साथै यसको महत्व बारे जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया