निरन्तर वर्षाले राजविराज जलमग्न

राजविराज राजविराज
|
बिहिबार, आषाढ ११, २०७७
|
|
२७ पटक हेरिएको
Shares
निरन्तर वर्षाले राजविराज जलमग्न

सारांश

  •     नाला र ढल निकास नहुँदा वर्षाको पानी जमेर राजविराज नगरपालिका वडा नं.
  • ५ स्थित मिथिला टोल र राजविराज ८ हिमालय टोलमा आवतजावत प्रभावित बनेको छ ।
  • यस्तै सिरहा रोड पनि जलमग्न भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ असार । 
    बिहीबार बिहानैदेखी परेको निरन्तर वर्षाले राजविराजस्थित विभिन्न वडाको घर घरमा पानी पसेर जनजिवन कष्टकर बनाएको छ । 
    नाला र ढल निकास नहुँदा वर्षाको पानी जमेर राजविराज नगरपालिका वडा नं. ५ स्थित मिथिला टोल र राजविराज ८ हिमालय टोलमा आवतजावत प्रभावित बनेको छ । यस्तै सिरहा रोड पनि जलमग्न भएको छ । सडक डुवानमा पर्दा ती टोलहरुमा आमसर्वसाधारणलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । 
    यस्तै हुलाकी मार्गको जमुनी  सडकखण्डमा दुई फिसम्म पानी जम्दा यातायातका साधन चल्न सकेको छैन् भने सर्वसाधारणलाई गन्तब्यसम्म पुग्न समस्या भएको स्थानिय जिवछ दासले जानकारी दिए । 


    सदरमुकाम राजविराजको सिरहा रोड, राजदेवी रोड, हिमालय टोल र मिथिला टोल आसपास वर्षाको पानी जम्दा सर्वसाधारणलाई निकै नै समस्या भएको छ । राजविराज ५ स्थित मिथिला टोलका आधा दर्जन घरमा समेत पानी छिरेको छ । निकास नहुँदा वर्षेणी समस्या हुँदै आएको स्थानिय अजित ठाकुरले बताए । 
    यता बाढीले सर्वाधिक जनधनको क्षति हुने गरेको तिलाठी कोइलाडी गाउँपालिकामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक रणनीति बनाउन जुटेको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताए । यस्तै स्थानिय प्रशासनले पनि बाढीको सम्भावित जोखीमलाई ध्यानमा राख्दै हाइअलर्ट अवस्थामा रहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?