दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित पकरी र सोनरा विद्यालय भवन निर्माणका क्रममा छतको प्लाष्टर र सिढी नबनाई रकम निकासा भएको छ ।
उपभोक्ता समिति, प्राविधिक र निर्माण कार्यको ठेक्का लिएको ठेक्केदार समेतको मिलोमतोमा भवनको छतको प्लाष्टर र सिढी नबनाई रकम निकासा भएको हो ।
स्थानीय रमेश यादवका अनुसार भवनको उद्घाटन गत भदौ ४ गते मधेश प्रदेशका सामाजिक विकास मन्त्रि नवलकिशोर साहले गरेको दिन छत हेर्न गएपछि आश्चर्य मानेका थिए ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्रि साहले आर्थिक बर्ष २०७८÷७९ मा मधेश प्रदेश संसदीय कोषको समाजिक विकास मन्त्रलाय अन्तर्गतका पकरी माविमा ५० र सोनरा राप्राविमा ३० गरी ८० लाख बजेट विद्यालय भवन निर्माण कार्यका लागि बिनियोजन भएको विद्यालय भवन निर्माण उपभोक्ता समितिबाट २० प्रतिशत पिसी लिएर बजेट विनियोजन गरेको स्थानियको उपभोक्ताको आरोप छन ।
भवन निर्माण गर्न छतको प्लाष्टर र सिढी नबनाईएको कारण भवनको संरचनानै बिग्रेका छन् । यादवले भवनको निर्माण कार्यका जिम्मेवारी लिएकाहरुले पहिलो चरणमा नै संरचना बिगारेकोले अब थप चरणमा हुने गुणस्तर कार्यको लागि चुनौति रहेको बताए । उनले यस्तो कार्य गर्नेहरुमाथि सम्बन्धीत निकायहरुले छानविन गरी दोषिहरुलाई कानुनी कारवाही गर्न माग गरे ।
भवनको निर्माण कार्यको लागि गठन उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादवलाई स्थानिय गाउँ, समाजका जानकारहरुले सुझाव सल्लाह दिदा उल्टै अध्यक्ष यादवले झपार दिने गरेको स्थानीयको आरोप छ । भवन निर्माणका क्रममा ईन्जिनियर एक दिन पनि हेर्न नआएको स्थानीयको आरोप छ ।
पकरी मा.वि. विधालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादव थिए भने सोनरा राप्राविमा भुवनेशवर मण्डल थिए । प्राविधिकले तयार गरेको स्टिमेट अनुसार दुवै विधालय भवनको निर्माण कार्य उपभोक्ता समितिले नगरेको महेन्द्र यादवले आरोप लगाएका छन् ।
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा
सारांश
- उपभोक्ता समिति, प्राविधिक र निर्माण कार्यको ठेक्का लिएको ठेक्केदार समेतको मिलोमतोमा भवनको छतको प्लाष्टर र सिढी नबनाई रकम निकासा भएको हो ।
- स्थानीय रमेश यादवका अनुसार भवनको उद्घाटन गत भदौ ४ गते मधेश प्रदेशका सामाजिक विकास मन्त्रि नवलकिशोर साहले गरेको दिन छत हेर्न गएपछि आश्चर्य मानेका थिए ।
- मधेश प्रदेशका सामाजिक विकास मन्त्रि साहले आर्थिक बर्ष २०७८÷७९ मा मधेश प्रदेश संसदीय कोषको समाजिक विकास मन्त्रलाय अन्तर्गतका पकरी माविमा ५० र सोनरा राप्राविमा ३० गरी ८० लाख बजेट विद्यालय भवन निर्माण कार्यका लागि बिनियोजन भएको विद्यालय भवन निर्माण उपभोक्ता समितिबाट २० प्रतिशत पिसी लिएर बजेट विनियोजन गरेको स्थानियको उपभोक्ताको आरोप छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया