दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट बिहीबार वेपत्ता भएका एक बालकको शव शुक्रबार फेला परेको छ ।
सो गाउँपालिका ३ सकरपुरा निवासी रोहित मुखियाका ५ वर्षिय छोरा आनन्दको मृत शरीर शुक्रबार दिउँसो घरबाट पाँच सय मिटर टाढा रहेको आँपको बगौचामा पराल र आँपको हांगाले छापेर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
बालक आनन्द बिहीबार दिउँसोदेखी वेपत्ता थिए । उनी घरबाट ५ सय मिटर टाढा रहेको आँप बगैचामा साथीभाईसँग खेल्न गएका बेला वेपत्ता भएका थिए । उनको ढाड र टाउँकोमा गहिरो चोट देखिएको छ ।
अबेर साँझसम्म छोरा घर नफर्किएपछि चिन्तित बनेका बुबा रोहितले राती १० बजेतिर प्रहरीलाई खबर गरे लगत्तै खोजतलास गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले बताए ।
उनका अनुसार बालकलाई स.१त. ७७५२ नम्बरको गाउँकै ट्याकटरले ठक्कर दिएर मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । गाउँमै माटो ओसारपोसार गर्ने काममा लागेका सो ट्याक्टर घटनाका दिन सोही क्षेत्रमा ओहोरदोहोर गरेको सूचनाको आधारमा गहिरो अनुसन्धान थाल्दा सत्यतथ्य खुलेको प्रहरीको भनाई छ ।
ट्याक्टरलाई नियन्त्रणमा लिइसकिएको छ भने पहचिान भइसकेका चालक हाल फरार रहेको उनले जानकारी दिएका छन् । बालकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
वेपत्ता बालक आँप बगौचामा मृत भेटिए
सारांश
- सो गाउँपालिका ३ सकरपुरा निवासी रोहित मुखियाका ५ वर्षिय छोरा आनन्दको मृत शरीर शुक्रबार दिउँसो घरबाट पाँच सय मिटर टाढा रहेको आँपको बगौचामा पराल र आँपको हांगाले छापेर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
- बालक आनन्द बिहीबार दिउँसोदेखी वेपत्ता थिए ।
- उनी घरबाट ५ सय मिटर टाढा रहेको आँप बगैचामा साथीभाईसँग खेल्न गएका बेला वेपत्ता भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया