दैनिक समाचारदाता
सिरहा, १७ बैशाख ।
संघीय समाजवादी फोरम नेपालको प्रदेश २ को अध्यक्षमा पार्टीका केन्द्रिय कोषाध्यक्ष तथा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव निर्वाचित भएका छन् ।
सोमबार राती सम्पन्न निर्वाचनबाट यादवले पार्टीका उपाध्यक्ष तथा मधेश प्रदेशका अध्यक्ष समेत रहेकी रेणु यादवलाई पराजित गरि प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् ।
मन्त्री यादवले १ सय ८४ मत ल्याए भने उनका प्रतिद्धन्द्धी रेणु यादवले १ सय ४७ मत ल्याएका थिए । रेणु यादव प्रतिनिधि सभा सदस्य पनि छिन् । यस्तै अध्यक्षका लागि सांसद अशोक यादबले पनि उम्मेदवारी दिएका थिए ।
प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता थिए । नयाँ विधान अनुसार प्रदेशको ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । निर्वाचन समितिका अनुसार २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए ।
अध्यक्ष र सदस्यको निर्वाचन भएपछि समितिले गर्ने समेतबाट तीन जना उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्षसहितका १० पदाधिकारी मनोनित गरिनेछ ।
यसैबीच मधेश प्रदेश समितिको वैशाख १३ र १४ गते लहानमा सम्पन्न प्रथम अधिवेशनको निर्वाचनबाट सप्तरीबाट शम्भु झा, दिनेश कुमार यादव, दिपक कुमार यादव, राधेश्याम पंडीत, सत्यनारायण यादव र शिव शंकर यादव प्रदेश समिति सदस्यमा निर्वाचित भएका छन् ।
त्यस्तै सिरहाबाट राज कुमार गुप्ता, विष्णु कुमार साह, बादल प्रसाद यादव, दिपेश कुमार यादव र मनोज कुमार सिंह धनुषाबाट शेष नारायण यादव, शैलेन्द्र कुमार यादव, राम अशिष यादव, ज्ञानेन्द्र कुमार यादव तथा महोत्तरीबाट रामबाबु प्रसाद यादव, सरोज सिंह कुशवाहा, डा.रमेश यादव र राजीव यादव र कृष्णा शंकर साहृ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
त्यस्तै सर्लाहीबाट किसुनदेव राय, रौतहटबाट बृज किशोर यादव, बाराबाट रामबाबु प्रसाद यादव, अवध भुषण यादव, रामबाबु कुमार यादव, पर्साबाट सिंहासन साह कलवार, दिपक यादव, महराज यादव, मदन चौहान, विरेन्द्र प्रसाद यादव, शशि कपुर मियाँ निर्वाचित भएका छन् ।
यसैगरि महिला सदस्यहरुमा धनुषाबाट विन्दु कुमारी यादव, उर्मिला साह, ममता मंडल रौतहटबाट शोभा देवी साह, रम्भा देवी यादव, सर्लाहीबाट सुनैना देवी कलवार, बाराबाट उषा यादव, पर्साबाट भीमा यादव र मीनु सिंह, महोत्तरीबाट निर्मला यादव, सिरहाबाट रेणु यादव तथा सप्तरीबाट लिलम देवी राऊत निर्वाचित भएकी छिन् ।
त्यस्तै दलितमा सुनिता देवी मोची, रामपृत पासवान, ललिता दास तत्मा, मुस्लिमबाट रुही नाज, सहिदा खातुन, जनजातीबाट युसुफ अलि, सञ्चमाया मोक्तान र थारुबाट रामाकान्त चौधरी निर्वाचित भएका छन् ।
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
सारांश
- सोमबार राती सम्पन्न निर्वाचनबाट यादवले पार्टीका उपाध्यक्ष तथा मधेश प्रदेशका अध्यक्ष समेत रहेकी रेणु यादवलाई पराजित गरि प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् ।
- मन्त्री यादवले १ सय ८४ मत ल्याए भने उनका प्रतिद्धन्द्धी रेणु यादवले १ सय ४७ मत ल्याएका थिए ।
- रेणु यादव प्रतिनिधि सभा सदस्य पनि छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया