बृहत स्वास्थ्य शिविरमा घुइचो

राजविराज राजविराज
|
मंगलबार, आषाढ ५, २०८०
|
|
६२ पटक हेरिएको
Shares
बृहत स्वास्थ्य शिविरमा घुइचो

सारांश

  •     प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवको पहल संचालन भएको उक्त शिविरमा विशेषज्ञहरुद्वारा एक दर्जन भन्दा बढी रोगको उपचार ब्यवस्था मिलाइएपछि शिविरमा बिरामीको घुइचो समेत लागेको छ ।
  •       शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहामा सोमबार आयोजित शिविरको प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले उद्घाटन गर्दै स्वास्थ्यको सुचकांकमा सप्तरी निकै पछाडी रहेको बताउँदै गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई लक्षित गरि शिविरको आयोजना गरिएको बताए ।
  •       शिविरमा जनरल सर्जरी, मुटु रोग, नाक कान, घाटी, छाला, मानसिक, स्त्रीरोग, बाल रोग, हार्डजोर्नी, दन्त, आँखा उपचार सेवा प्रदान गरिएको शिविरमा व्यवस्थापन टोलीको नेतृत्व गरेका नोबेल मेडिकल कलेजका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ४ असार । 

    सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १ कार्यालयको समन्वयमा सोमबार निशुल्क बृहत स्वास्थ्य शिविर संचालन भएको छ । 
    प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवको पहल संचालन भएको उक्त शिविरमा विशेषज्ञहरुद्वारा एक दर्जन भन्दा बढी रोगको उपचार ब्यवस्था मिलाइएपछि शिविरमा बिरामीको घुइचो समेत लागेको छ । 
    शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहामा सोमबार आयोजित शिविरको प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले उद्घाटन गर्दै स्वास्थ्यको सुचकांकमा सप्तरी निकै पछाडी रहेको बताउँदै गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई लक्षित गरि शिविरको आयोजना गरिएको बताए । 
    शिविरमा जनरल सर्जरी, मुटु रोग, नाक कान, घाटी, छाला, मानसिक, स्त्रीरोग, बाल रोग, हार्डजोर्नी, दन्त, आँखा उपचार सेवा प्रदान गरिएको शिविरमा व्यवस्थापन टोलीको नेतृत्व गरेका नोबेल मेडिकल कलेजका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए । 
    शिविरमा नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक टोली र स्वास्थ्यकर्मीको सेवा र प्राविधिक सहयोग प्राप्त भएको वडा अध्यक्ष दुर्गानन्द भगतले बताए । 
    काठमाडौं मेडिकल कलेज र नोबेल अस्पतालका विभिन्न रोगका विशषेज्ञसहितको ३३ सदस्यीय चिकित्सक टोलीले उपचार सेवा प्रदान गरेका छन् । 
    शिविरमा २ हजार भन्दा बढीले स्वास्थ्य सेवा प्राप्त गरेको प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवका स्वकिय सचिव अनिल यादवले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?