दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी शैलेन्द्र चन्द्र झाले आप्mनो छोरी अभिलासाको विवाहमा दाईजो दिने रकमबाट विपन्न समुदायका महिला तथा बालबालिकालाई कपडा वितरण गरेका छन् ।
उनले आप्mनो छोरीको विवाहमा सामाजिक कार्य गरी बैवाहिक कार्य सम्पन्न गरेका छन् । झा की छोरी अभिलासा र सप्तरीकै बलान विहुल गाउँपालिका ४ निवासी अमरनाथ झाका छोरा अमित विच बुधबार बिना दाइजो विवाह सम्पन्न भएको छ ।
बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २ सय ५० महिला र ३ सय बालबालिकालाई न्यायो लुगा वितरण गरेका थिए भने अशक्तताका कारण उपस्थित हुन नसकेका २ दर्जन बृद्घ बृद्घालाई बेहुली र उनका बुवाले घरमै गएर न्यायो लुगा पनि प्रदान गरे ।
बेहुला पक्षका अभिभावक समेतको सहमतिमा दाईजो लेनदेन नगर्ने भएपछि समुदायका विपन्न महिला तथा बालबालिकालाई लक्षित गरी विवाहकै दिन राहत स्वरुप गरिब असहायलाई कपडा वितरण गरेको नेकपाका नेता समेत रहेका वेहुलीका वुवा शैलेन्द्र चन्द्र झाले बताए ।
यता लत्ता कपडा पाएर खुशी भएकी उर्मिला सदाले दुई छाक जोहो गर्न मजदुरी गर्नुपर्ने हामी जस्तालाई यो सहयोगले चिसो छल्न पनि निकै टेवा पुगेको बताए ।
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
सारांश
- उनले आप्mनो छोरीको विवाहमा सामाजिक कार्य गरी बैवाहिक कार्य सम्पन्न गरेका छन् ।
- झा की छोरी अभिलासा र सप्तरीकै बलान विहुल गाउँपालिका ४ निवासी अमरनाथ झाका छोरा अमित विच बुधबार बिना दाइजो विवाह सम्पन्न भएको छ ।
- बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २ सय ५० महिला र ३ सय बालबालिकालाई न्यायो लुगा वितरण गरेका थिए भने अशक्तताका कारण उपस्थित हुन नसकेका २ दर्जन बृद्घ बृद्घालाई बेहुली र उनका बुवाले घरमै गएर न्यायो लुगा पनि प्रदान गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया