बोदे बसाईनमा न्युनत्तम ज्याला सम्बन्धि कार्यक्रम सम्पन्न

राजविराज राजविराज
|
आइतबार, चैत्र ६, २०७८
|
|
२१ पटक हेरिएको
Shares
बोदे बसाईनमा न्युनत्तम ज्याला सम्बन्धि कार्यक्रम सम्पन्न

सारांश

  •     द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा बोदे बसाईन नगरपालिकाको नगरसभा हलमा आयोजित कार्यक्रममा बोदे बसाईन नगरपालिकाका जनप्रतिनिधि, रोजगारदाता तथा हरवा चरवा मजदुरहरुको सहभागिता रहेको थियो ।
  •       कार्यक्रममा हरवा चरवाका प्रतिनिधिहरुले अझै आफुहरुले उचित ज्याला पाउन नसकेको गुनासो गरेका छन् भने रोजगारदाताहरुले कृषिमा लगानी अनुरुपको प्रतिफल आउन नसकिरहेकाले मजदुरहरुलाई उचित ज्याला दिन नसकेको स्वीकारेका छन् ।
  •       श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष बबिता कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोदे बसाईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादव, प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा नम्बर ५ का वडाअध्यक्ष मो.

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 
    सप्तरीको बोदे बसाईन नगरपालिकामा न्युनतम ज्याला बिषयक सम्वाद कार्यक्रम सम्पन्न भएको छ । 
    द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा बोदे बसाईन नगरपालिकाको नगरसभा हलमा आयोजित कार्यक्रममा बोदे बसाईन नगरपालिकाका जनप्रतिनिधि, रोजगारदाता तथा हरवा चरवा मजदुरहरुको सहभागिता रहेको थियो । 
    कार्यक्रममा हरवा चरवाका प्रतिनिधिहरुले अझै आफुहरुले उचित ज्याला पाउन नसकेको गुनासो गरेका छन् भने रोजगारदाताहरुले कृषिमा लगानी अनुरुपको प्रतिफल आउन नसकिरहेकाले मजदुरहरुलाई उचित ज्याला दिन नसकेको स्वीकारेका छन् । 
    श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष बबिता कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोदे बसाईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादव, प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा नम्बर ५ का वडाअध्यक्ष मो. मोजिबुर रहमान, उद्योग व्यापार समितिका अनिल प्रसाद सिंह, ललित नारायण चौधरी लगायतले श्रम ऐन लागु भएपनि प्रभाबकारी कार्यान्वयन हुन नसकेकाले हरवा चरवा तथा श्रमिकहरुले अझै उचित ज्याला पाउन सक्ने अवस्था नरहेकोे बताल स्ए । 
    कार्यक्रममा रोजगारदाताहरु महिनारायण साह, नगरपालिकाका रोजगार संयोजक सुनिल कुमार चौधरी, रोजगार प्राबिधिक ब्रहमदेव यादव, हरवा चरवा परिवारका सितल सदा, किसन सदा, गुरिलाल सदा लगायतले पनि बोलेका थिए । 
    श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता संजीव कुमार यादवद्वारा सञ्चालित कार्यक्रममा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति बिरुद्ध लोसपाको प्रदर्शन
राष्ट्रपति बिरुद्ध लोसपाको प्रदर्शन
राससले पायो लालपुर्जा
राससले पायो लालपुर्जा
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी 
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी 
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
लुटपिट मुद्दाका चार फरार प्रतिवादी पक्राउ
लुटपिट मुद्दाका चार फरार प्रतिवादी पक्राउ
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु
नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु