बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
२५ पटक हेरिएको
Shares
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग

सारांश

  •     शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • ९ कार्यालयमा आयोजित “कोशीबाढी प्रभावित घरधुरीका लागि नगद हस्तान्तरण कार्यक्रम”मा यस्तो सहयोग उपलब्ध गराइएको हो ।
  •       विश्व खाद्य कार्यक्रमको सहयोग, सेवक नेपालको आयोजना तथा ९ नं.

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 

    बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका २ सय २२ परिवारले राहत स्वरुप नगद रकम प्राप्त गरेका छन् । 
    शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ९ कार्यालयमा आयोजित “कोशीबाढी प्रभावित घरधुरीका लागि नगद हस्तान्तरण कार्यक्रम”मा यस्तो सहयोग उपलब्ध गराइएको हो । 
    विश्व खाद्य कार्यक्रमको सहयोग, सेवक नेपालको आयोजना तथा ९ नं. वडा कार्यालयको समनवयमा उक्त वडाका २ सय २२ परिवारलाई जनही १५ हजारका दरले नगद सहयोग उपलब्ध गराइएको हो । 
    पूर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तरगत उक्त पालिकाका बाढी प्रभावित घरधुरीका करिब १ हजार ३ सय भन्दा बढी बाढी पीडितले हालसम्म नगद सहयोग प्राप्त गरिसकेको सेवक नेपाल संस्थाका कार्यक्रम प्रमुख मुरारी शुक्लाले बताए । 
    उनले कोशी बाढीबाट प्रभावित व्यक्तिको पहिचान सम्बन्धीत वडा कार्यालय, स्थानीय विपद् व्यवस्थापन समितिका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिसमेत राखेर निश्पक्ष ढंगले चयन गरिएको दाबी समेत गरेका छन् । 
    वडाअध्यक्ष हरिचन्द्र बर्माले पनि बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण पश्चात् सुविधा पाउने पीडितको पहिचान र सूची तयार गरि नगद सहयोग बितरण गरिएको जनाएका छन् । 
    यता शुक्रबारै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडाका बाढी पीडितहरुले हालसम्म राहत बितरण भएका र अब पाउन बाँकी रहेकाहरुको नामावली सार्वजनिक गर्न, बास्तविक बाढी पीडितलाई राहत उपलब्ध गराउन, राहत बितरण प्रक्रियालाई व्यवस्थित बनाउन तथा राहत बितरण प्रक्रियाको छानबिन हुनु पर्ने लगायतका माग राख्दै प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीलाई ज्ञापनपत्र बुझाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
बालवालिकाको आवाजलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्छ 
बालवालिकाको आवाजलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्छ 
सबैला घटनाप्रति सप्तरीमा मुसहर समुदायको प्रदर्शन
सबैला घटनाप्रति सप्तरीमा मुसहर समुदायको प्रदर्शन
बोक्सी भन्दै कुटपिट गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ
बोक्सी भन्दै कुटपिट गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
एक हजार दुई सय गाँजा बोट नष्ट
एक हजार दुई सय गाँजा बोट नष्ट
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही