दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरीले जिल्लामा भारु नोट चरम अभाव भएको भन्दै राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखामा भारु सटही काउन्टर सेवा पुनःसंचालनको माग गर्दै आइतबार ज्ञापनपत्र बुझाएको छ ।
उक्त पार्टीका जिल्ला संयोजक दिपेन्द्र कुमार चौधरी तथा केन्द्रिय नेता गजेन्द्र कुमार मण्डलसहितको टोलीले बैंकका सहायक प्रबन्धक दिनेश खड्कालाई बुझाएको ज्ञापन पत्रमा सात दिन भित्र बन्द रहेको भारु सटही काउन्टर पुनः संचालन गर्न माग गरिएको छ ।
अर्थमन्त्रालय, मधेश प्रदेश मुख्यमन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोद्धार्थ समेत दिइएको ज्ञापन पत्रमा सर्वसाधरणको समस्यालाई ध्यानमा राखी अबिलम्ब भारु सटही काउन्टर खोल्न माग गरिएको छ ।
ज्ञापन पत्र मार्फत सटहीको.समस्या समाधानका लागी सटही काउन्टर पुृनः संचालन र अनलाईन विनियम सेवाको विकल्प दिन माग गरिएको छ ।
“भारत संगको नजिकको सीमानाका कारण तराई मधेशका जनताको त्यस तर्फ विभिन्न काम विशेषले आउजाउ हुने र भारुको आवश्य्क्ता पर्ने गरेको छ, ज्ञापन पत्रमा भनिएको छ– तर सहज ढंगमा स्थानीय बैैक र बजारमा भारु नोट उपलब्ध हुन नसक्दा यहाँका सर्वसाधारण महगो दरमा भारतीय मुद्रा साट्न बाध्य भएका छन ।”
बैंकका सहायक प्रबन्धक खड्काले ज्ञापन पत्र तत्कालै केन्द्रिय कार्यालयमा पठाउने प्रतिबद्धता जनाए । उनले भारु सटही काउन्टर पुनः संचालन कार्य आफ्नो हातमा नरहेको तथा यसका लागी नेपाल राष्ट्र बैंक तथा राष्ट्रिय बाणिज्य बैंकको माथिल्लो निकायमा आफुले पहल गर्ने बताएका छन ।
विगतमा राजविराजस्थित राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारको सुविधाका लागी भारु सटही काउन्टर खोली सेवा प्रदान गर्दै आएको थियो ।
बैंकले घरकाजका लागी भन्दै प्रति निवेदन १ हजार पाँच सय र उपचारका लागी पाँच÷पाच हजार भारु दिदै आएको थियो । तर सो सुविधा बैंकले विगत ८ वर्ष देखी बन्द गर्दा सर्वसाधारण मारमा परेका हुन । अहिले भारतीय नोटका लागि बजारमा प्रति सय रुँपैयाका लागि ६ देखी ८ रुँपैयासम्म बटी लिने गरिएको छ ।
भारु नोटको अभाव भएको भन्दै राष्ट्रिय मुक्ती पार्टीद्वारा सटही काउन्टर पुनःसंचालनको माग
सारांश
- उक्त पार्टीका जिल्ला संयोजक दिपेन्द्र कुमार चौधरी तथा केन्द्रिय नेता गजेन्द्र कुमार मण्डलसहितको टोलीले बैंकका सहायक प्रबन्धक दिनेश खड्कालाई बुझाएको ज्ञापन पत्रमा सात दिन भित्र बन्द रहेको भारु सटही काउन्टर पुनः संचालन गर्न माग गरिएको छ ।
- अर्थमन्त्रालय, मधेश प्रदेश मुख्यमन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोद्धार्थ समेत दिइएको ज्ञापन पत्रमा सर्वसाधरणको समस्यालाई ध्यानमा राखी अबिलम्ब भारु सटही काउन्टर खोल्न माग गरिएको छ ।
- ज्ञापन पत्र मार्फत सटहीको.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया