दैनिक समाचारदाता
राजविराज, २९ असार ।
जनप्रतिनीधी र कर्मचारीको चरम लापरवाहीका कारण राजविराज नगरपालिकाका १ सय ३ महिला स्वास्थ्य स्वयसेविकाहरु एक वर्षको प्रोत्साहन भत्ता पाउनबाट बञ्चित भएका छन् ।
प्रति वर्ष मासिक २ हजारका दरले आर्थिक वर्षको अन्त्य तीर एकमुष्ट २४ हजार पाउनु पर्ने प्रोत्साहन भत्ता अघिल्लो कार्यपालिका र जिम्मेवार कर्मचारीले बजेट बिनियोजन नै नगरिदिएपछि राजविराज नगरपालिका कार्यरत महिला स्वास्थ्य स्वयसेविकाहरु प्रोत्साहन भत्ताबाट बञ्चित हुन पुगेका हुन ।
उनीहरुले बुधवार राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवलाई भेटेर सो भत्ता उपलब्ध गराउन माग गरेका छन ।
राजविराज नगरपालिकाको १६ वटै वडामा गरी १ सय ३ महिला स्वास्थ्य स्वयसेविकाहरु कार्यरत छन । महिला स्वास्थ्य स्वयंसेविका निर्मला पोखरेलले २०७८ साउन देखी २०७९ असार सम्मको प्रोत्साहन भत्ता रुवरुप १ सय ३ जनाले पाउनु पर्ने २४ लाख ७२ हजार रकम पाउन नसेकेको गुनासो गरेकी छिन् ।
स्वाथ्य शाखा प्रमुख निरन्जन प्रसाद यादवले महिला स्वयसेविकाहरुले पाउने प्रोत्साहन रुवरुपको भत्ता यस वर्ष कहाँ र कसरी छुट्यो भन्ने बारे आफूलाई थाहा नभएको जानकारी दिए । उनले यस सम्बन्धमा प्रशासकीय अधिकृतले नै जवाफ दिनुपर्ने बताए ।
प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवले अघिल्लो कार्यपालिका र सम्बन्धित फाँटका कर्मचारीले उक्त शिर्षकमा बजेट नै विनियोजन नगरे पछि समस्या भएको बताए । उनले बजेटमा राख्न छुटेको स्विकार गरे ।
उनले कुनै शिर्षकबाट सम्भव भए आर्थिक वर्ष २०७८÷७९ मै प्रोत्साहन भत्ता उपलब्ध गराउने प्रयास गर्ने जानकारी दिँदै त्यसमा सम्भव नभए आ.ब. २०७९÷८० मा छुटेको भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
यसअघि गत आ.ब.२०७७÷०७८ मा आयोजित भिटामिन “ए” कार्यक्रममा खटिए बापत जनही १ हजार ६ सयका दरले पाउनु पर्ने भत्ता समेत आफुहरुले पाउन नसकेको महिला स्वयसेविकाहरुले जानकारी दिएकी छिन् ।
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
सारांश
- प्रति वर्ष मासिक २ हजारका दरले आर्थिक वर्षको अन्त्य तीर एकमुष्ट २४ हजार पाउनु पर्ने प्रोत्साहन भत्ता अघिल्लो कार्यपालिका र जिम्मेवार कर्मचारीले बजेट बिनियोजन नै नगरिदिएपछि राजविराज नगरपालिका कार्यरत महिला स्वास्थ्य स्वयसेविकाहरु प्रोत्साहन भत्ताबाट बञ्चित हुन पुगेका हुन ।
- उनीहरुले बुधवार राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवलाई भेटेर सो भत्ता उपलब्ध गराउन माग गरेका छन ।
- राजविराज नगरपालिकाको १६ वटै वडामा गरी १ सय ३ महिला स्वास्थ्य स्वयसेविकाहरु कार्यरत छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया