सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर

सारांश

  •     प्रत्यक्षतर्फ जिल्लाको चार वटै क्षेत्रमा बिजयी भएको रास्वपाले समानुपातिक तर्फ पनि सर्वाधिक मत ल्याई पहिलो दल बन्न सफल भएको हो ।
  •        रास्वपाले प्रत्यक्षमा १ लाख ३५ हजार ८ सय ८६ तथा समानुपातिकमा १ लाख ४९ हजार १ सय ८६ मत प्राप्त गरि पहिलो दल भएको छ ।
  •       प्रत्यक्षतर्फ क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरीबाट रास्वपा प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ दुबैमा पहिलो दल बन्न सफल भएको छ । 
    प्रत्यक्षतर्फ जिल्लाको चार वटै क्षेत्रमा बिजयी भएको रास्वपाले समानुपातिक तर्फ पनि सर्वाधिक मत ल्याई पहिलो दल बन्न सफल भएको हो ।   
    रास्वपाले प्रत्यक्षमा १ लाख ३५ हजार ८ सय ८६ तथा समानुपातिकमा १ लाख ४९ हजार १ सय ८६ मत प्राप्त गरि पहिलो दल भएको छ । 
    प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा ३८ हजार १ सय ९५, क्षेत्र नं. २ मा २८ हजार ४ सय ४, क्षेत्र नं. ३ मा ३२ हजार ८ सय ७५ तथा क्षेत्र नं. ४ मा ३६ हजार ४ सय १२ गरी कूल १ लाख ३५ हजार ८ सय ८६ मत प्राप्त गरेको रास्वपाले समानुपातिकतर्फ १ लाख ४९ हजार १ सय ८६ मत प्राप्त गरी पहिलो भयो ।  
    निर्वाचन कार्यालयका अनुसार ३६ हजार ६८ मत ल्याई जसपा नेपाल दोस्रो तथा २६ हजार ९ सय ६३ मत ल्याई नेपाली काँग्रेस तेस्रो स्थानमा छन् । १८ हजार ९ सय १ मत ल्याई जनमत पार्टी चौथो तथा १३ हजार ७३ हजार मत ल्याई नेकपा एमाले पाँचो स्थानमा छ ।
    जिल्लामा ४ लाख ४६ हजार ४ सय २ मतदाता मध्ये समानुपातिकतर्फ २ लाख ९३ हजार ६ सय १० जनाले मतदान गरेका थिए । 
    जसमध्ये १६ हजार १ सय २५ मत बदर भई २ लाख ७७ हजार ४ सय ८५ मत सदर कायम भएको थियो । प्रत्यक्षतर्फ भने १९ हजार ५ सय ६८ मत बदर भएको थियो । यसरी दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर भएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सप्तरी काँग्रेसको निर्वाचन स्थगित, मतपत्र च्यातियो
राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सप्तरी काँग्रेसको निर्वाचन स्थगित, मतपत्र च्यातियो
समाजवादको केन्द्र जसपा मात्र ः उपेन्द्र यादव
समाजवादको केन्द्र जसपा मात्र ः उपेन्द्र यादव
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
चोरीका सामानसहित तीन चोर पक्राउ
चोरीका सामानसहित तीन चोर पक्राउ
आइडियलको शेयर पूजी पुग्यो ११ करोड ३० लाख
आइडियलको शेयर पूजी पुग्यो ११ करोड ३० लाख
आफ्नै छोरीको हत्या गर्ने आमा  र उनका प्रेमीलाई जन्मकैद
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा