ठगी र जबरजस्तीकरणीको आरोपमा राजपा कोषाध्यक्ष मेहता पक्राउ

राजविराज राजविराज
|
मंगलबार, मंसिर १८, २०७५
|
|
४६ पटक हेरिएको
Shares
ठगी र जबरजस्तीकरणीको आरोपमा राजपा कोषाध्यक्ष मेहता पक्राउ

सारांश

  •     जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं.
  • ५ निवासी मनोजकुमार मेहतालाई कारागारमा रहेका एक बन्दीलाई छुटाईदिने भन्दै उनकी पत्नीसँग जबरजस्ति करणी र लाखौं रुँपैया ठगि गरेको आरोपमा पक्राउ गरेको प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
  •     पुर्पक्षकालागि राजविराज कारागारमा थुनामा रहेका पीडितका पतिलाई छुटाई दिने भन्दै ठगी गरेको आरोपमा मेहतालाई आईतबार पक्राउ गरि मुद्दा समेत चलाईसकेको जानकारी दिँदै प्रहरी नायब उपरिक्षक रिमालले जबर्जस्तीकरणीका विषयमा भने अनुसन्धान जारी रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ मंसीर । 
    राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीका कोषाध्यक्ष मनोज कुमार मेहतालाई प्रहरीले लाखौं रुपैयाँ ठगी गरेको र जबरजस्ती गरेको आरोपमा सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
    जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ निवासी मनोजकुमार मेहतालाई कारागारमा रहेका एक बन्दीलाई छुटाईदिने भन्दै उनकी पत्नीसँग जबरजस्ति करणी र लाखौं रुँपैया ठगि गरेको आरोपमा पक्राउ गरेको प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
    पुर्पक्षकालागि राजविराज कारागारमा थुनामा रहेका पीडितका पतिलाई छुटाई दिने भन्दै ठगी गरेको आरोपमा मेहतालाई आईतबार पक्राउ गरि मुद्दा समेत चलाईसकेको जानकारी दिँदै प्रहरी नायब उपरिक्षक रिमालले जबर्जस्तीकरणीका विषयमा भने अनुसन्धान जारी रहेको बताए ।
    पतिलाई छुटाईदिने प्रलोभन देखाई पटक पटक गरी आफूबाट साँढे दस लाख रुपियाँ लिएको र जबरजस्ती करणी गरेको समेत उल्लेख गरिएको पीडित महिलाको दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रिमालले बताए ।
    यता राष्ट्रिय जनता पार्टी सप्तरीका अध्यक्ष मण्डलका सदस्य सुनील कुमार झाले मण्डलका बारेमा लगाईएको आरोपका विषयमा सत्यतथ्य अनुसन्धान आवश्यक रहेको बताएका छन् । उनले राजनीतिक प्रतिशोधका लागि बलात्कारको आरोप लगाईएको हो वा साँच्चिकै बलात्कार गरेको हो भन्ने विषयमा सुक्ष्म अनुसन्धान होस् भन्ने आफूहरुको पनि धारणा रहेको बताए । 
    यस बारेमा पार्टीले पनि आफ्नै स्तरबाट अनुसन्धान गर्ने भन्दै उनले दोषी ठहरे निलम्बन अथवा अन्य कारबाही समेत गर्ने जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
सहकारी ब्यवस्थापक क्लव गठन
सहकारी ब्यवस्थापक क्लव गठन
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ
दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
ठूलो परिमाणमा बरामद गाजा नष्ट
ठूलो परिमाणमा बरामद गाजा नष्ट
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 
भन्सारमा निशुल्क मास्क बितरण 
भन्सारमा निशुल्क मास्क बितरण 
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?